नेम्वाङ र बादल एमालेको शीर्ष वरीयतामा

नेम्वाङ र बादल एमालेको शीर्ष वरीयतामा

  • भाद्र १०, २०७८ बिहिवार
  • १७:२४:५७ बजे
  • 2.2K
    SHARES
  • नेम्वाङ र बादल एमालेको शीर्ष वरीयतामा

    काठमाडौं : १० बुँदे सहमति कार्यान्वयन गर्दै जेठ २ मा फर्किएका नेकपा एमालेमा सुवास नेम्वाङ र रामबहादुर थापा बादललाई पदाधिकारीहरूको शीर्ष वरीयतामा राखिएको छ ।


    माधव नेपाल छाडेर फर्किएका नेताहरूसहितको बिहीबारको केन्द्रीय कमिटी बैठकमा नेताहरूका आसन व्यवस्थापन गर्दा नेम्वाङ र रावललाई केन्द्रीय कमिटीका सचिवहरूभन्दा अघिल्लो लहरमा राखिएको हो ।


    नेम्वाङ संविधानसभा अध्यक्ष तथा संसदीय दलका उपनेतासमेत रहेकाले उनी शीर्ष वरीयतामा छन् । त्यस्तै बादल तत्कालीन नेकपाको ९ सदस्यीय सचिवालयमा आठौं वरीयताका नेता थिए भने अहिले स्थायी कमिटी सदस्य छन् ।

    पहिलो लहरमा अध्यक्ष, तीन उपाध्यक्ष, महासचिव, दुई उपमहासचिवसँगै नेम्वाङ र बादललाई राखिएको छ । पाँच सचिव र अन्य स्थायी कमिटी सदस्यहरू त्यसभन्दा पछिल्लो लहरमा बसेका छन् ।

  • सम्बन्धित विषय:

  • # एमाले
  • # नेम्वाङ र बादल

  • बागलुङ पोस्ट

    सम्बन्धित समाचार