चिम्पान्जीसँग प्रेम सम्बन्ध रहेको भन्दै महिलालाई चिडियाखानामा प्रतिबन्ध

चिम्पान्जीसँग प्रेम सम्बन्ध रहेको भन्दै महिलालाई चिडियाखानामा प्रतिबन्ध

  • भाद्र ११, २०७८ शुक्रवार
  • ०७:४५:३३ बजे
  • 4.4K
    SHARES
  • चिम्पान्जीसँग प्रेम सम्बन्ध रहेको भन्दै महिलालाई चिडियाखानामा प्रतिबन्ध

    मानिसहरु जनावरप्रेमी हुनु अर्थात् जनावरलाई माया गर्नु स्वभाविकै हो । तर कहिलेकाहीँ जनावरप्रतिको माया साँच्चीकै विपरीत लिंगी मानिससलाई गर्ने मायाजस्तै तथा आशक्तिमा परिणत हुँदो रहेछ । बेल्जियममा एकजना महिला यसैगरी चिम्पान्जीको प्रेमजालमा फसेकी छिन् ।

    चिडियाखानामा रहेको एउटा चिम्पान्जीप्रति उनको प्रेम र आशक्ति यतिधेरै बढ्यो कि उनी आफैले आफु र चिम्पान्जीको बीचमा प्रेम सम्बन्ध रहेको स्विकार गरिन् । उनको त्यो अस्वभाविक व्यवहारका कारण चिडियाखानाले उनीमाथि प्रतिबन्ध नै लगाउनु परेको छ ।

    बेल्जियमको एन्तोएर्प चिडियाखानाले ती महिलालाई चिडियाखाना भित्र छिर्न प्रतिबन्ध लगाएको हो ।चिडियाखानाका अधिकारीहरुले ती महिलाले त्यहाँ रहेको एक चिम्पान्जीसँग अस्वभाविक रुपमा धेरै समय बिताएको देखेपछि चनाखो भएका थिए । 

    पछि ती महिलासँग त्यसबारेमा सोधपुछ गर्दा उनले आफु उक्त चिम्पान्जीसँग प्रेमसम्बन्धमा रहेकोले धेरै समय बिताएको खुलासा गरेकी थिइन् । एडी टिमरम्यान नामकी ती महिला हरेक हप्ता सो चिडियाखानामा आउने र ३८ वर्षको चिता नामक चिम्पान्जीको नजिक गएर कुराकानी गर्ने र लामो समय बिताउने गर्दथिन् ।

    काँचको पिँजडाभित्र रहेको चिम्पान्जी र उनीबीच एक अर्कालाई हात हल्लाउने, काँचमा टाँसिएर चुम्बन गर्नेलगायतका क्रियाकलाप दिनभर चल्दथ्यो । उनको यस्तो क्रियाकलाप ४ वर्षसम्म लगातार चलेपछि चिडियाखानाका अधिकारीहरुले त्यस्तो अस्वभाविक मित्रताका विषयमा छानबिन अगाडि बढाए ।

    त्यसक्रममा टिमरम्यानले आफूले चिम्पान्जीलाई माया गर्ने र उसले पनि आफूलाई माया गर्ने गरेको दाबी गरिन् । आफूहरूबीच प्रेम सम्बन्ध रहेको तर कुनै अनैतिक सम्बन्ध कायम नगरेको उनको भनाइ छ । चिडियाखानाका अधिकारीहरुले भने त्यस्तो प्रेम सम्बन्धले उक्त चिम्पान्जीलाई उल्टै असर गरेको र चिडियाखानामा रहेका अन्य चिम्पान्जीहरुसँगको उसको सम्बन्ध विकासमा बाधा पुगेको बताएका छन् ।

    महिलाको प्रेममा फसेको उक्त चिम्पान्जीलाई उसको समूहका अन्य सदस्यहरुले मतलब नै गर्न छाडेको र एकलकाटे बन्दै गएको अधिकारीहरुको भनाई छ । उता ती महिलाले भने आफुलाई चिडियाखानामा प्रतिबन्ध लगाउँदा चिम्पान्जी र आफू दुवै निरास भएको बताएकी छिन् ।


    बागलुङ पोस्ट

    सम्बन्धित समाचार