बागलुङ : गलकोट नगरकार्यपालिकाको ४३ औँ बैठक आइतबार सकिएको छ । बैठकले आर्थिक वर्ष २०७८/०७९ मा संचालन हुने समपुरक र विशेष अनुदानको लागि आयोजना तथा कार्यक्रमहरुका बारेमा छलफल गरेको थियो ।
नगरपालिका भित्र डिपिआर तयार भएका सडक, स्वास्थ्य चौकी, वडा कार्यालय तथा झोलुङ्गे पुलहरु स्वीकृत गरि पठाउने निर्णय गरेको वडा नम्बर २ का वडा अध्यक्ष तथा नगरपालिकाका प्रवत्ता हिमबहादुर भण्डारीले जानकारी दिए ।
त्यस्तै सडक बोडबाट प्राप्त कार्यक्रम अन्तरगर्त मल्म–पाण्डबखानी मोटरबाटो छनोट गरि पठाउने निर्णय समेत गरेको गलकोट भण्डारीले जानकारी दिए । बैठकले संस्था दर्ता, कर्मचारी व्यवस्थापन, स्थानीय तथ्याङ्क संकलन संम्बन्धी विद्येयक अध्ययनको लागि समय प्रदान गरिएकोले आगामी नगर सभामा पेश गर्ने निर्णय भएको छ ।
त्यस्तै बैठकले श्रोत परिचालन निर्देशिका २०७७, खानेपानी तथा साना सिचाई दर्ता नबिकरण र सूचिकृत गर्ने कार्यबिधी २०७७, मदिरा नियन्त्रण तथा नियमन गर्ने निर्देशिका २०७७, लैङ्गीक हिसां निवारण कार्यविधी २०७७ लाई समेत नगरसभामा पेश गर्ने गरि प्रस्ताव गरिएको छ ।
भवन निर्माण कार्यविधी २०७७, भवन नियमित गर्ने कार्यबिधी २०७७, सहरी विकास योजना तथा भवन निर्माण सम्वन्धी आधारभुत मापदण्ड २०७७ संसोधन सहित पारित गरि लागु गर्ने निर्णय भएको प्रवक्ता भण्डारीले बताए ।
नगरपालिकामा आयोजना बैंक स्थापना गर्ने, गलकोट नगरपालिकाको लागि बालमैत्री तथा प्रबिधीमैत्री विद्यालय शिक्षाको कार्यक्रम संसोधन सहित लागु गरि नगर तथा वडाहरुमा बालमैत्री सम्पर्क ब्यक्ती चएन गरि कार्यन्वयन गर्ने निर्णय भएको हो ।
बैठकले गलकोट नगरपालिका वडा नम्बर ७ को जनहित माद्ययमिक विद्यालयमा कक्षा ११ संचालनको लागी अनुमति दिने निणर्य गरेको गलकोट नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरि प्रसाद शर्माले जानकारी दिए ।
त्यस्तै बैठकले गलकोट नगरपालिकाले हालसम्म गरेको खर्च समेत अनुमोदन गरेको अधिकृत शर्माको भनाई छ ।
गलकोट नगरपालिकाले आर्थिक वर्ष २०७८÷०८९ मा संचालन हुने गरी साना कृषि उत्पादन केन्द्र पकेटहरु
संचालन गर्न प्रस्ताव गरि परियोजना कार्यान्वयन इकाइ मार्फत परियोजना व्यवस्थापन गर्ने निर्णय भएको छ ।
जसअन्तर्गत गलकोट नगरपालिका वडा नम्वर १ मा कृषितर्फ तरकारी र पशुपक्षीतर्फ वाख्रा, वडा नम्वर २ मा
कृषितर्फ तरकारी र पशुपक्षीतर्फ वंगुर, वडा नम्वर ३ मा कृषितर्फ सुन्तलाजात फलफुल र पशुपक्षीतर्फ भैसीं/रागां, वडा नम्वर ४ मा कृषितर्फ किवि र पशुपक्षीतर्फ भैसी, वडा नम्वर ५ मा कृषितर्फ तरकारी र पशुपक्षीतर्फ स्थानिय कुखुरा पकेट क्षेत्रको लागी पस्ताव गर्ने निर्णय भएको छ ।
त्यस्तै वडा नम्वर ६ मा कृषितर्फ धान र पशुपक्षीतर्फ वाख्रा, वडा नम्वर ७ मा कृषितर्फ गहुँ र पशुपक्षीतर्फ स्थानिय कुखुरा, वडा नम्वर ८ मा कृषितर्फ आलु र पशुपक्षीतर्फ भैसी, वडा नम्वर ९ मा कृषितर्फ मौरी र पशुपक्षीतर्फ भैसी, वडा नम्वर १० मा
कृषितर्फ अदुवा/वेसार र पशुपक्षीतर्फ भेडा, वडा नम्वर ११ मा कृषि तर्फ मौरी र पशुपक्षीतर्फ वंगुर पकेट क्षेत्रको लागी पस्ताव गर्ने निर्णय भएको हो । ४३ औं कार्यपालिकाको बैठक गलकोट नगरपालिकाका नगर प्रमुख भरत शर्मा गैरेको अध्यक्षता, सूचना अधिकारी तुल बहादुर विकको संचालनमा सम्पन्न भएको थियो ।