गलकाेट : गत पुष २९ गतेदेखि सुरु भएको गलकोट नगरपालिकाको आठौँ नगरसभा साेमबार सम्पन्न भएको छ । नेपालको संविधान, स्थानीय सरकार सञ्चालन ऐन गलकोट नगरपालिकाको नगरसभा सञ्चालन नियमावली २०७४ अनुसार संञ्चालित आठौँ नगरसभा सम्पन्न भएको हो ।
नगरसभामा गलकोट नगरपालिकाका नगरप्रमुख भरत शर्मा गैरेले आर्थिक वर्ष २०७७/०७८ को कार्यक्रम तथा योजना संशोधन गर्ने, बालमैत्री नगर निर्माणको तयारी तथा घोषणा, नगरपालिकालाई आवश्यक पर्ने विभिन्न नितिगत निर्णय गर्ने, कार्यपालिकाले गरेको निर्णयहरुको अनुमोदन गर्ने, नगरपालिका तथा वडा कार्यालयहरुको आयोजना कार्यक्रम संशोधन सम्बन्धि विवरण प्रस्ताव तथा हालसम्म भएको खर्चको अनुमोदन गर्ने प्रस्तवातहरु सभामा प्रस्तुत गरेका थिए ।
उत्त प्रस्तावहरु आज सर्वसम्मत रुपमा संसोधन सहित पारित भएका छन् । त्यस्तै सभामा नगरउपप्रमुख रेनुका काउचाद्वारा प्रस्तुत गरिएका बिधेयकहरु गलकोट नगरपालिकाले संस्था दर्ता सम्बन्धि विधेयक २०७७, स्थानीय तथ्यांङक विधेयक २०७७, वातावरण संरक्षण सम्बन्धि विधेयक २०७७ माथि छलफल पछि आज सर्वसहमत रुपमा पारित भएको गलकोट नगरपालिकाले जनाएको छ ।
सभामा गलकोट नगरपालिकाले प्रस्ताव गरेका बिद्येयकमा गलकोट नगरपालिका ३ का वडा अध्यक्ष बिरजंग भण्डारीे गलकोट नरपालिका वडा नम्वर ११ का वडा अध्यक्ष डम्मर श्रीस, वडा ८ का अध्यक्ष राम प्रसाद कडेंल, नगर सभा सदस्य घनश्याम चालिसे, नगर सभा सदस्य भिम बहादुर बिक लगाएतले सस्था दर्ता तथा बाताबरण संरक्षण बिद्ययकमा संसोधन प्रस्ताव पेश गरेका थिए ।
सभाले उत्त प्रस्तावमा छलफल गरि संसोधन सहित पारित गरेको गलकोट नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरि प्रसाद शर्माले जानकारि दिए।
सभामा गलकोट नगरपालिकाकी उपप्रमुख रेनुका काउचाले गलकोट नगरपालिकालाई समृद्ध बनाउनको लागी नगर सभा सदस्यहरुको योगदान उच्च रहने बताउदैं सक्रिय रुपमा सहभागिता जनाउन आग्रह गरे ।
नगरसभा गलकोट नगरपालिकाका नगरप्रमुख भरत शर्मा गैरेको अध्यक्षता र प्रशासकिय अधिकृत तुल बहादुर विकको सञ्चालनमा सम्पन्न भएको थियो ।