मन्दिप निउरे
बागलुङ : नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रको भातृ संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन क्रान्तिकारीले ताराखोलामा प्रथम गाउँ भेला गरेको छ ।
जिल्ला सम्मेलनको पूर्व सन्ध्यामा क्रान्तिकारीले ताराखोला गाउँपालिकामा गाउँ भेला गरेको हो । भेलाबाट दिवस रोकाको संयोजकमा ३१ सदस्य पालिकास्तरिय कमिटी गठन गरिएको छ । जसको उपाध्यक्षमा सनमाया रोका, सचिवमा दिनानाय विक, सह–सचिवमा जिना गुरुङ, कोषाध्यक्षमा निरुता रोका, सहित अन्य सदस्य रहेका छन ।
भेलामा बोल्दै अखिल क्रान्तिकारीका केन्द्रिय सदस्य एवं बागलुङ जिल्ला इन्चार्ज जीवन शर्माले पार्टीको सहायक संगठन क्रान्तिकारीले विद्यार्थीहरुको हक हितका लागि स्थानीय तहदेखि आवाज उठाउनुपर्ने बताए ।
उनले देशमा महंगी, भ्रष्ट्राचार बढेको बताउँदै खबरदारी गर्न विद्यार्थी संगठनलाई आग्रह गरेका छन । कार्यक्रमको अवसरमा जिल्ला समन्वय समिति बागलुङकी सदस्य फुलमाया पुन जलजला, नेकपा माओवादी केन्द्र गण्डकी प्रदेश कमिटी सदस्य तथा ताराखोला गाउँपालिकाका अध्यक्ष प्रकाश घर्ती ,
नेकपा माओवादी केन्द्रकी जिल्ला सदस्य तथा ताराखोला गाउँपालिका उपाध्यक्ष दिल कुमारी पुन रोका, ताराखोला गाउँपालिका वडा नम्बर १ का अध्यक्ष यामबहादुर श्रीस, वाड नम्बर २ का अध्यक्ष भद्र बहादुर घती, नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्दका
जिल्ला सदस्य खडक बहादुर विक, नेकपा माओवादी केन्द ताराखोला गाउँपालिका—२ का अध्यक्ष सन बहादुर विकले बोलेका थिए ।
त्यस्तै वडा नम्बर ५ का पार्टी अध्यक्ष मनबहादुर रोका , वडा नम्बर ३ का पार्टी सदस्य कर्णे बहादुर भण्डारी, अखिल क्रान्तिकारीका जिल्ला सचिवालय सदस्य विकास कंडेल लगायतले कायक्रममा मन्तव्य राखेका थिए ।
कायक्रममा अखिल क्रान्तिकारीका जिल्ला संयोजक मिलन काउचाको अध्यक्षता, विद्यार्थी नर बहादुर विकको स्वागत मन्तव्य र अखिल क्रान्तिकारीका जिल्ला सदस्य विनोद काउचाको सञ्चालनमा सम्पन्न भएको थियो ।