प्रदेश १ का १० सांसद गए एकिकृत समाजवादीमा 

प्रदेश १ का १० सांसद गए एकिकृत समाजवादीमा 

  • भाद्र १६, २०७८ बुधवार
  • १३:४६:३१ बजे
  • 2.6K
    SHARES
  • प्रदेश १ का १० सांसद गए एकिकृत समाजवादीमा 

    विराटनगर : प्रदेश १ मा नेकपा का १० जना सांसदहरुले नेकपा एकीकृत समाजवादी पार्टी रोजेका छन् । उनीहरूमध्ये ७ जनाले एकीकृत समाजवादी पार्टीमा सनाखत गरेका छन् ।

    उपेन्द्र घिमिरे, कृष्णकुमारी राई र राजेन्द्र राईले सनाखत गर्न बाँकी छ । राजन राई, सावित्रा रेग्मी, खिनु लङ्वा लिम्बू, गणेश काङ्माङ, पदमकुमारी गुरुङ, सुनिता चौधरी र सरिता थापाले सनाखत गरिसकेका छन् ।

     


    उनीहरुले बुधबार प्रदेश निर्वाचन आयोगको कार्यालयमा पुगेर सनाखत गरेका हुन् । राई पनि निर्वाचन कार्यालयमा नै छन् । कृष्णकुमारी र उपेन्द्र संसदको परिचय पत्र हराएकाले प्रदेशसभामा पुगेका छन् ।

     

    सांसद राजेन्द्र राईले एकीकृत समाजवादी १० जनाले रोजेको बताए ।

    १० जनाले नयाँ पार्टी रोजेकाले प्रदेश १ का मुख्यमन्त्री भीम आचार्य अल्पमतमा परेका छन् । माधव नेपाल खेमा छाडेर केपी ओली खेमामा लागेका आचार्य १० भदौमा प्रदेश १ को मुख्यमन्त्री नियुक्त भएका थिए । अल्पमतमा परेपछि उनले विश्वासको मत लिनुपर्ने छ ।

    ९२ सदस्यीय प्रदेशसभामा नेकपा एमालेका ५१ सांसद छन् । १० जनाले नयाँ दल रोजे ४१ सांसद हुनेछन् । प्रदेशमा नेपाली काङ्ग्रेसका २१, माओवादी केन्द्रका १५, जनता समाजवादी पार्टीमा ३ र अन्य दुई साना दलमा १–१ जना सांसद छन् ।

    सम्बन्धित समाचार