करेन्ट लागेर बालकको मृत्यु

करेन्ट लागेर बालकको मृत्यु

  • भाद्र १६, २०७८ बुधवार
  • १४:०४:२९ बजे
  • 2.3K
    SHARES
  • करेन्ट लागेर  बालकको मृत्यु
    फाइल तस्बिर

    सप्तरी : भुईँमा लत्रिएको विद्युतीय तारमा परी करेन्ट लागेर सप्तरीमा एक जना बालकलाई मृत्यु भएको छ ।

    डाक्नेश्वरी नगरपालिका–१० रंजितपुर निवासी पवन यादको गोठमा विद्युतीय तार लत्रेको थियो । लत्रेको नाङो तारबाट करेन्ट लाग्दा उनका ९ वर्षीय छोरा अर्जुनको मृत्यु भएको छ ।


    प्रहरीका अनुसार गोठमा खेल्ने क्रममा बालकलाई लत्रिएको विद्युतको नाङो तारबाट करेन्ट लाग्दा मृत्यु भएको हो । करेन्ट लागेर सिकिस्त भएका बकालकलाई उपचारका लागि कल्याणपुरतर्फ लग्ने क्रममा बाटोमै मृत्यु भएको सप्तरी प्रहरीका प्रवक्ता एवं डीएसपी माधवप्रसाद काफ्लेले जानकारी दिए ।

    मृतकको शवलाई पोष्टमार्टमका लागि गजेन्द्रनारायण सिंह अस्पताल राजविराज ल्याइएको र अन्य अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

  • सम्बन्धित विषय:

  • # बालक
  • # करेन्ट लागेर
  • # मृत्यु

  • बागलुङ पोस्ट

    सम्बन्धित समाचार