बुर्तिबाङ : नेपाली काँग्रेसको १४ औँ महाधिवेशनबाट बागलुङका १० स्थानीय तहका ८५ वडामा महादिवेशन गरिएको छ ।
जसमध्ये अधिकाँस वडाले नेतृत्व छनौट गरे पनि केहि वडामा भने वडा सभापतिमा आकाँक्षीको दाबेदार र कतिपय वडामा क्षेत्रीय प्रतिनिधिको दाबी गर्नेहरु बढि भएका कारण सहमतीको प्रयास भैरहेको छ । ढोरपाटन नगरपालिकाका ९ वटै वडामध्ये ८ वडामा अधिवेशन सम्पन्न भएको छ ८ वटै वडाले नेतृत्व पाएको हो ।
वडा नं. १ को वडा सभापतीमा कृष्ण भण्डारी र वान बहादुर छन्तयालको दावेदारी रहेपछि सहमती हुन सकेको छैन ।
वडा नंं २ मा जीतबहादुर कँुवर सभापति रहेको २१ सदस्य वडा समितीको गठन भएको हो । वडा नं. ३ मा लोकबहादुर वि.क. सभापतिमा चयन भएका छन् । वडा नं. ४ मा थम बहादुर कार्की, वडा नं. ५ मा भरत बहादुर कुवँर, वडा नं. ६ मा प्रेम भण्डारी, वडा नंं ७ मा होम बहादुर थापा, वडा नं. ८ मा भेग बहादुर वि.क. र वडा नं. ९ मा तिलक बुढामगर सभापतिमा चयन भएका छन् । उक्त वडामा कार्यसमिति गठनसँगै क्षेत्रिय प्रतिनिधि समेत चयन भइसकेका छन ।
तमानखोला गाउँपालिकाका ६ वटै वडाले नेतृत्व पाएको छ । तमानखोला गाउँपालिका वडा नं. १ मा दलप्रसाद पुन सभापति रहेको समिति गठन भएको छ । वडा नं. २ मा जित बहादुर घर्ति सभापति, वडा नं. ३ मा प्रकाश पुन सभापति रहेको वडा समिति गठन भएको छ ।
निवर्तमान वडा अध्यक्ष झकबहादुर बुढाको अध्यक्ष, तमानखोला गाउँपालिका अध्यक्ष जोकलाल बुढाको प्रमुख आतिथ्यामा आयोजित कार्यक्रम रोहित बुढाको सञ्चालनमा सम्पन्न भएको छ ।
कार्यक्रमका जोकलाल बुढाले बोल्दै आफु यस पटकको महादिवेशनमा क्षेत्रीय सभातिको रुपमा उमेदवार रहने बताए । वडा नं. ४ मा अशोक छन्त्याल, वडा नं. ५ मा तेजेन्द्र रामजाली र वडा नं. ६ मा चित्र छन्त्याल सभापति रहेको वडा कार्यसमिति चयन गरिएको छ ।
निसीखोला गाउँपालिका
निसीखोला गाउँपालिकाले समेत नेतृत्व टुँग्याएको छ ।
वडा नं. १ मा खाल बहादुर घर्ति सभापति रहेको २३ सदस्य वडा कार्य समितिको गठन भएको हो । वडा नंं २ मा जीवन कुमार पाण्डे सभापति रहेको २३ सदस्य वडा कार्यसमितीको गठन गरिएको हो । वडा नं. ३ मा मेघनाथ रोका सभापति रहेको समिति गठन गरिएको छ ।
वडा नंं. ४ मा चेतराम पौडेल संयोजक रहेको वडा समिति गठन गरीएको छ ।
वडा नंं. ५ मा ढाल बहादुर छन्त्याल र मिलन घर्तिको दाबेदारी रहेका कारण सहमती हुन नसकेपछि मतदान हुन सक्ने बताइएको छ । निसीखोला वडा नं. ६ मा समेत नेतृत्व टुँगिन बाँकी रहेको बताइएको छ । वडा नं. ७ मा प्रताप कुवँर सभापति रहेको समिति गठन गरिएको हो । अधिकाँस वडामा सर्वसहमत रुपबाट नेतृत्व चयन भएका छन ।
वडिगाड गाउँपालिकाः
बडिगाड गाउँपालिकाले वडा नम्बर ५ बाहेक अन्य ९ वडाको नेतृत्व चयन गरेको छ ।
वडा नं. १ मा राम प्रसाद सिँजाली, वडा नं. २ मा दिल बहादुर राना, वडा नं. ३ मा दिल बहादुर पुन, वडा नं. ४ मा चम्फा श्रीस, वडा नं. ६ मा टोप बहादुर के.सी., वडा नं. ७ मा दिपेन्द्र प्रताप के.सी., वडा नं. ८ मा जित बहादुर घर्ति, वडा नं. ९ मा टेक बहादुर बुढाथोकी, वडा नं. ९ मा पुठासिँङ बुढा सभापति रहेको वडा कार्यसमितीको गठन गरीएको छ ।
वडा नं. ५ ले मंगलबार नेतृत्व टुँग्याउने तयारी गरेको हो ।