सभामुखले बोलाएको बैठक एमालेद्वारा बहिस्कार

सभामुखले बोलाएको बैठक एमालेद्वारा बहिस्कार

  • भाद्र २८, २०७८ सोमवार
  • १२:५८:१७ बजे
  • 2.3K
    SHARES
  • सभामुखले बोलाएको बैठक एमालेद्वारा बहिस्कार

    काठमाडौं : सभामुख अग्निप्रसाद सापकोटाले बोलाएको सर्वदलीय बैठक प्रमुख विपक्षी नेकपा (एमाले)ले बहिष्कार गर्ने भएको छ ।

    एमालेले लगातार संसदमा नाराबाजी गरेपछि सभामुखले सोमबार दिउँसो संसद्मा भएका दलहरुको बैठक बोलाएका छन् । त्यसअघि एमाले प्रमुख सचेतक विशाल भट्टराईले सभामुखलाई फोन गरी क–कसलाई बोलाइएको छ भनेर चासो राखेका थिए । सभामुखले संसदमा भएका सबै दलका शीर्ष नेताहरुलाई बोलाइएको जानकारी दिए ।

    प्रमुख सचेतक भट्टराईले भने माधवकुमार नेपालहरूलाई बोलाएको बैठकमा आफूहरू नआउने बताएका छन् । ‘एमाले र उहाँको विवाद हो, दुनियाँलाई बोलाएर के निकास निस्कन्छ र ?’ उनले सभामुखलाई भनेका छन् ।

    एमालेले संसदको अवरोध हटाउने हो भने एमालेको निर्णयअनुसार १४ सांसदलाई कारबाही गरेको सूचना निकाल्न वा मार्गप्रशस्त गर्न सुझाएको छ ।

    सभामुख सापकोटाले भने १४ सांसदबारे कानूनअनुसार निर्णय गरेको र संसद चलाउनुपर्नेमा जोड दिएका छन् । एमालेले १ भदौमा माधवकुमार नेपालसहित १४ सांसदलाई कारबाही गर्दै सभामुखलाई सूचना दिएका थिए ।

    २ भदौमा माधव नेपालको नयाँ पार्टी दर्ता भयो, जसले ९ भदौमा मान्यता पायो । त्यसपछि बल्ल सभामुखले एमालेको पत्रबारे निर्णय गर्दै केही गर्नु नपर्ने बताएका थिए । यसलाई लिएर एमालेले आफ्नो दल फुटाउने षड्यन्त्रमा सभामुख समेत प्रत्यक्ष संलग्न भएको आरोप लगाएको छ । त्यसलाई लिएर एमालेले २३ भदौमा शुरु भएको संसद अधिवेशनमा नाराबाजी गर्दै आएको छ ।

  • सम्बन्धित विषय:

  • # सभामुख
  • # एमाले

  • बागलुङ पोस्ट

    सम्बन्धित समाचार