गुडिरहेको बसमा ढुंगा खस्दा एक जनाको मृत्यु

गुडिरहेको बसमा ढुंगा खस्दा एक जनाको मृत्यु

  • भाद्र २९, २०७८ मंगलवार
  • १७:३७:२१ बजे
  • 2.6K
    SHARES
  • गुडिरहेको बसमा ढुंगा खस्दा एक जनाको मृत्यु
    फाइल तस्बिर

    बैतडी : पाटन नगरपालिका–८ झ्याउलेखस्थित सडकमा गुडिरहेको बसमा ढुंगा खस्दा मंगलबार बिहान एक जनाको मृत्यु भएको छ ।

    महेन्द्रनगरबाट बझाङको चैनपुरतर्फ जाँदै गरेको सुदूरपश्चिम प्रदेश ०२००१ ख ११५६ नम्बरको बसमा पहिरोसँगै खसेको ढुंगाले लाग्दा बसमा सवार बझाङ थलारा गाउँपालिका–५ का १८ वर्षीय अर्जुन नेपालीको घटनास्थलमै मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।


    ढुंङगा खसेर लाग्दा अन्य तीन जना घाइते भएका छन् । उनीहरूलाई इलाका प्रहरी कार्यालय पाटन र प्रहरी चौकी खोड्पेबाट खटिएको प्रहरीले उद्दार गरी उपचारको लागि डडेल्धुरा अस्पतालमा पठाएको छ ।

  • सम्बन्धित विषय:

  • # बसमा ढुंगा
  • # मृत्यु

  • बागलुङ पोस्ट

    सम्बन्धित समाचार