२५ वर्षकी युवतीले जन्माइदिइन् आफ्नै बुवाको बच्चा

२५ वर्षकी युवतीले जन्माइदिइन् आफ्नै बुवाको बच्चा

  • पौष १४, २०७७ मंगलवार
  • ०८:०५:२१ बजे
  • 6.3K
    SHARES
  • २५ वर्षकी युवतीले जन्माइदिइन् आफ्नै बुवाको बच्चा

    काठमाडौं : पिता–पुत्रीको सम्बन्ध निकै पवित्र तथा मर्यादायुक्त सम्बन्ध हो । कुनै छोरीले आफ्नो बाबुको सन्तान जन्माउने कुरा कल्पना गर्न पनि गाह्रो हुन्छ ।

    तर बेलायतमा भने एउटा यस्तै घटना भएको छ । बेलायतमा एक २५ वर्षकी युवतीले आफ्नो बुवाको सन्तान जन्माइदिएकी छिन् । वास्तवमा ती युवतीले सरोगेट मदर अर्थात् भाडाको कोख दिएर आफ्नो सौतेलो बुवाको लागि बच्चा जन्माइदिएकी हुन् ।

    सौतेलो बुवाको शुक्रकिटसँग ती युवतीको डिम्बको मिलन गराई भ्रुण तयार पारेर उनमा कृत्रिम गर्भाधान गराइएको थियो ।

    ती युवतीको नाम होली हो र उनी अविवाहित छिन् । आफ्नी आमाका कारण उनले सेरोगेट मदर बन्ने निर्णय गरेकी थिइन् ।

    उनकी आमाले एन्ड्रयू नामका एक पुरुषसँग बिहे गरेकी थिइन् । नयाँ बिहेपछि आफ्नो नयाँ पतिसँग उनले बच्चा जन्माउन चाहन्थिन् तर परिवार नियोजन गराएका कारण उनले बच्चा जन्माउन सम्भव थिएन ।

    कृत्रिम गर्भाधान समेत सफल भएन । त्यसैले उनले आमाको खुसीका लागि सौतेलो बुवाको शुक्रकिटबाट गर्भाधान गराएर बच्चा जन्माइदिएकी हुन् ।

    आमाका लागि स्वस्थ छोरी जन्माइदिएपछि उनले त्यो बच्चा आमालाई सुम्पिएकी छिन् । सुरुमा त परिवारले त्यस प्रकारले जन्मिएको बच्चा ग्रहण गर्न अनकनाए । तर कुरा बुझाएसँगै बच्चीलाई अपनाउन सबै राजी भए ।

    आफैंले जन्माइदिएको आफ्नो आमा तथा सौतेलो बुवाको छोरीलाई आफूले बहिनी मानेर माया गर्ने होली बताउँछिन् । –एजेन्सी

  • सम्बन्धित विषय:

  • # आफ्नै बुवाको बच्चा

  • बागलुङ पोस्ट

    सम्बन्धित समाचार