युट्युवमा सर्वाधिक कमाउने ९ वर्षे बालक, एकै वर्षमा कमाए साढे तीन अर्ब

युट्युवमा सर्वाधिक कमाउने ९ वर्षे बालक, एकै वर्षमा कमाए साढे तीन अर्ब

  • पौष १४, २०७७ मंगलवार
  • ०९:५६:५१ बजे
  • 3.6K
    SHARES
  • युट्युवमा सर्वाधिक कमाउने ९ वर्षे बालक, एकै वर्षमा कमाए साढे तीन अर्ब

    ९ वर्षकी अमेरिकी बालक रायन काजी सन् २०२० मा युट्युवबाट सर्वाधिक कमाउने व्यक्ति बनेक छन् ।

    द गार्जियनका अनुसार टेक्सस निवासी यी बालकले यसवर्ष मात्र २९.५ मिलियन डलर ९झन्डै साढे तीन अर्ब रुपैयाँ० कमाए ।

    गुगलको भिडियो साझेदारी साइट युट्युवमा उनले खेलौना र भिडियो गेमको समीक्षा गर्ने गरेका छन् ।

    भिडियो उत्पादनमा उनलाई अभिभावकले पनि साथ दिने गरेका छन् । युट्युवमा उनको च्यानलको नाम रायन्स वर्ल्ड राखिएको छ ।

    ब्रान्डेड खेलौना, लुगा र पाइजामा विक्री समेत जोड्दा उनको कमाइ झन्डै २०० मिलियन डलर पुग्ने अनुमान छ । निकोलडोन नामक एक सिरिजको लागि उनले लाखौंको सम्झौता समेत गरेका छन् ।

    उनको भिडियोका दर्शकलाई अधिकांश बालबालिकाले रुचाउने गरेका छन् । सन् २०१५ देखि युट्युवमा भिडियो पोस्ट गर्न थालेका

    रायनले आफ्नी आमासँग अरु साथीको युट्युव भएको तर, आफूसँग नभएको भन्दै काम थालेका थिए । उनका अभिभावकले नाम थर गन बदलेर काजी राखिदिएका थिए ।

    अहिले यही नामबाट उनले नौवटा युट्युव च्यानल चलाउने गरेका छन् ।  उनको च्यानललाई ४१.७ मिलियनले पछ्याएका छन् भने १२.२ बिलियन हेरेका छन् ।

    उनको सबैभन्दा बढी पटक हेरिएको भिडियो चाहिँ अण्डाको सरप्राइजवाला खेलौना प्रतिस्पर्धा थियो ।

    यसलाई मात्र २ बिलियनले हेरेका थिए । अहिलेसम्मकै सर्वाधिक हेरिएको ६० भिडियोभित्र यो समावेश हुन्छ ।

  • सम्बन्धित विषय:

  • # युट्युव

  • बागलुङ पोस्ट

    सम्बन्धित समाचार