२०७७ पुस १५ गते बुधबारको राशिफल

२०७७ पुस १५ गते बुधबारको राशिफल

  • पौष १५, २०७७ बुधवार
  • ०७:१४:५२ बजे
  • 3.8K
    SHARES
  • २०७७ पुस १५ गते बुधबारको राशिफल

    मेष स्वास्थ्यसम्बन्धी सामान्य समस्याले नसताउला भन्न सकिन्न । वादविवाद तथा प्रतिस्पर्धामा आजको दिन सरिक नहुँदा नै राम्रो हुनेछ भने मुद्दा मामिला तथा न्यायालयमा सहभागी भई बयान दिँदा हारिने सम्भावना रहेको छ । विद्यामा उत्साजनक प्रगति नहुँदा मन चिन्तित रहला । राजनीति तथा समाज सेवामा भनेजस्तो काम गर्न नसकिने हुनाले आलोचना सहनुपर्ला । 

    बृष माया प्रेममा सामीप्यता बढ्नेछ भने पतिपत्नीबीच मायाको डोरो कसिलो भएर जानेछ । साथीभाइसँगको रमाइलो बसाइमा स्वादिष्ट भोजनका साथ समय व्यातित गर्न सकिनेछ । प्रतिस्पर्धामा प्रतिस्पर्धीहरुलाई अरूलाई हराउँदै अगाडि बढ्न सकिनेछ । अध्ययन अध्यापनमा प्रगति भएर जानेछ । पुराना आर्थिक मुद्दा हल भएर जाने हुनाले थप लगानी गर्ने वातावरण बनेर जानेछ ।

    मिथुन परिवार तथा आफन्तजनमा आत्मीयताको भाव बढ्नेछ भने माया प्रेममा नजिक हुने समय रहेको छ । व्यापार विस्तार गरी भनेजस्तो लाभ लिन सकिने तथा विभिन्न क्षेत्रमा लगानी गरी आम्दानीका स्रोत बिस्तार गर्न सकिनेछ । पढाइ लेखाइमा मनजाने हुनाले अन्य प्रतिस्पर्धीहरुलार्ई टप्न सकिने तथा सबैको धन्यवादको पात्र हुँदा मन प्रशन्न रहनेछ ।  

    कर्कट न्यून पारिश्रमिकमा दिनभर काममा व्यस्त हुनुपर्दा मन खिन्न हुनेछ । आर्थिक अभावले महत्त्वपूर्ण काम थाँती रहनेछन् । वैदेशिक यात्राको तय हुनेछ भने विदेशी भूमिमा बसेर श्रम गर्नेहरुले मनग्य रूपैयाँ पैसा कमाउन सक्नेछन् । खानपानमा ध्यान दिनुहोला, स्वास्थ्यसम्बन्धी समस्या बढ्ने तथा औषधि उपचार खर्च बढेर जानेछ । अन्य काममा सहभागी हुँदा पढाइलेखाइ भने थाँती रहनेछ ।

    सिंह आम्दानीका बाटाहरु एक्कासि बन्द हुँदा दैनिक रूपमा चलिरहेका काम प्रभावित हुनेछन् । विवादित विषयको उठान नगर्नुहोला आफ्नो पक्षमा निर्णय आउने छैन । पढाइ लेखाइमा मन नजादा अरूभन्दा पछि परिने सम्भावना रहेको छ । व्यापार व्यावसायमा लगानी गरे पनि नाफा कमाउन केही समय कुर्नु पर्नेछ । अग्रज तथा दाजुहरुसँग बिना कारण विवाद हुने योग रहेको छ । 

    कन्या ध्यान अन्यत्रै मोडिँदा पढाइ लेखाइमा अरूभन्दा पछि परिनेछ । सरकारी तथा प्रशासनिक काममा सेवा प्रवाह गर्नेहरुले समयमा काम नगर्नाले महत्त्वपूर्ण अवसर गुम्न सक्छन्, ध्यान दिनुहोला । साथीभाइ तथा परिवारकै मानिसबाट असहयोग हुनेछ भने काम गर्दा ख्याल दिनुहोला, खुट्टा तान्नेहरु सक्रिय रहनेछन् । व्यावसायबाट भनेजस्तो आम्दानी गर्न निकै नै समय खर्चिनु पर्नेछ ।  

    तुला भाग्यले साथ दिनेहुँदा सानो प्रयत्नले ठूलो काम बन्नेछ । धर्म तथा अध्यात्मतिर ध्यान जाने हुनाले शरीरले सकारात्मक ऊर्जा ग्रहण गर्नेछ । आफन्तहरुको सहयोगले उपलब्धि मुलक कामहरु बन्नेछन् भने दैनिकीलाई सहज रूपमा परिणत गर्न सकिनेछ । धार्मिक तथा अध्ययन यात्राको अधिक सम्भावना रहेको छ । नयाँ काम गरी आम्दानीका स्रोत बढाउन सकिनेछ । प्रेममा सामीप्यता बढेर जानेछ । 

    बृश्चिक व्यापार व्यावसायमा आजको दिन लगानी नगर्नु नै राम्रो हुनेछ । स्वास्थ्यमा समस्या आई उपचार खर्च बढेर जानेछ । विद्यामा सफलता पाउन मिहिनेत गर्नुपर्ला । दिदीबहिनीबाट सहयोगको आश्वासन मात्र प्राप्त हुनेछ । भौतिक सम्पत्ति तथा रूपैयाँ पैसा हराउन तथा लुटिन सक्छ । ध्यान दिनुहोला । आर्थिक अपचलनको मुद्दा मामिला आइलाग्न सक्छ, काम गर्दा ध्यान दिनु जरुरी देखिन्छ ।  

    धनु व्यावसायिक यात्रा हुने भए पनि गन्तव्यमा पुग्नु अगावै विभिन्न समस्याको फेस गर्नु पर्नेछ । भौतिक सम्पत्ति तथा सवारी साधनको प्रयोग गर्दा ख्याल गर्नुहोला, नराम्रा घट्नाको सामना गर्नुपर्नेछ । विलाशी जीवन जिउन खोज्दा पढाइ लेखाइ तथा खोज अनुसन्धानको क्षेत्रमा कमजोर उपस्थिति रहनेछ । जीवन साथीसँग मनमुटाव बढ्ने हुनाले दैनिक काम गर्न मन जानेछैन ।  

    मकर मुद्दामामिला तथा न्यायिक निकायबाट हुने निर्णय पछिका लागि सार्नु नै उपयुक्त हुनेछ किनकि आज आउने फैसला तपाइकाे पक्षमा हुनेछैन । व्यापार व्यावसायमा समय दिए पनि आम्दानी कम हुनेछ । खर्च बढ्नाले आर्थिक व्यावस्थापन गर्न असजिलो हुनेछ । नोकरी तथा पढाइमा हुने प्रतिस्पर्धामा विजय हुन कडा मिहिनेत गर्नुपर्नेछ । पुराना समस्या पुनः बल्झन तथा ऋण लाग्नेछ ध्यान दिनुहोला ।  

    कुम्भ पढाइ लेखाइमा मन जाने हुनाले प्रतिस्पर्धीहरुलार्ई पछि छोड्दै एक कदम अगाडि बढ्न सकिनेछ । माया प्रेमका कोपिलाहरु फक्रिएर जानेछन् भने नयाँ ठाउबाट प्रेम प्रस्ताव आउनेछ । व्यापार व्यावसाय फस्टाएर जानेछ भने आकस्मिक धन सम्पत्ति हात लागि हुने योग रहेको छ । पदिय दायित्व बढ्ने तथा काम गर्ने ठाउँमा तपाइको काम गर्ने शैलीको धेरैले प्रशंसा गर्नेछन् ।

    मीन राजनीतिकर्मी तथा समाज सेवीहरुले जनताको जनताको काम गर्न सक्दा मात्र मान सम्मान इज्जत प्रतिष्ठामा वृद्धि भएर जानेछ । खोज तथा अनुसन्धानमा उपलब्धिमूलक नतिजा नआए पनि आगामी दिनमा काम गर्न सहज हुनेछ । आमा तथा आमा सरहका मानिससँग टाढिएर देश परदेशको यात्रा गर्नुपर्दा मन खिन्न हुनेछ । तर पनि कृषि तथा पशुपालन व्यावसायलाई समय सापेक्ष आधुनिकीकरण गरी मनग्गे लाभ लिन सकिनेछ ।

  • सम्बन्धित विषय:

  • # राशिफल

  • बागलुङ पोस्ट

    सम्बन्धित समाचार