हत्या

परपुरूषसँग रगेंहात भेटिएकी श्रीमतीले गरिन् श्रीमानको हत्या

परपुरूषसँग रगेंहात भेटिएकी श्रीमतीले गरिन् श्रीमानको हत्या

  • आश्विन ३१, २०७८ आइतवार
  • १८:४५:१२ बजे
  • 2.4K
    SHARES
  • परपुरूषसँग रगेंहात भेटिएकी श्रीमतीले गरिन् श्रीमानको हत्या

    धनगढी : धनगढीमा एकजना युवकको हत्या गरेको आरोपमा २ जना पक्राउ परेका छन् । धनगढी उपमहानगरपालिका–७ का २५ वर्षीय रमेश चौधरीको हत्या भएको आरोपमा प्रहरीले मृतककी श्रीमतीसहित चार जनालाई पक्राउ गरेको हो । प्रहरीका अनुसार रमेशकी श्रीमती र स्थानीय विष्णु चौधरीबीच प्रेम सम्बन्ध थियो । सोही विषयमा विवाद बढ्दै गएपछि प्रेमी विष्णुसंगै मिलेर श्रीमानको घाँटी थिचेर हत्या गरेको प्रहरीले जनाएको छ ।

    यसरी घट्यो घटना
    पक्राउ परेका बिष्णु पनि बिवाहित हुन् । दुवै बिवाहित महिला पुरुषबिच करिब ७ महिनादेखी प्रेम सम्बन्ध रहेको प्रहरीको भनाई छ । प्रहरीका अनुसार असोज २९ गते दशैँको दिन प्रेमी २९ वर्षीय बिष्णु र प्रेमिका २७ वर्षीया अमृता चौधरीले रातिको समयमा भेट्ने योजना बनाएका थिए । सो दिन राती श्रीमानसंगै सुतेकी अमृता श्रीमान सुतेपछि ११ बजे प्रेमी बिष्णुलाई भेट्न गइन, जिल्ला प्रहरी कार्यालय

    कैलालीका प्रमुख प्रहरी उपरिक्षक विश्व अधिकारीले भने ‘श्रीमान सुतेको मौका छोपेर अमृता घर पछाडिको परालको थुप्रोमा प्रेमी भेट्न गएकी रहेछिन् उता दुइटैको भेट भयो त्यतिबेलै श्रीमान रमेशले श्रीमती अमृता बाहिर गएको थाहा पाएपछि बाहिर निस्के र हेर्दा श्रीमती र बिष्णुलाई आपत्तिजनक अवस्थामा फेला पारे ।’ 

    रमेशले बिष्णुलाई कुटपिट गर्न खोजेछन् प्रहरी उपरिक्षक अधिकारीले भने ‘त्यसपछि दुवैबिच लडाइ भएछ र अन्तमा रमेशकी श्रीमती अमृता र उनका प्रेमी बिष्णु मिलेर नजिकैको खेतमा लगेर रमेशको हत्या गरेका रहेछन् ।’ हत्या गरेपछि दुवै जनाले रमेशको सव करिब १ सय ५० मिटर पर रमेशको सब फालेको पाइएको प्रहरी

    उपरिक्षक अधिकारीले जानकारी दिए । विष्णु र अमृताको नाममा मृतकका आफन्तले कर्तव्य ज्यान शिर्षकमा किटानी जाहेरी दिइसकेका छन् । उनिहरुमाथी प्रहरीले थप अनुशन्धान गरिरहेको छ ।

    यो पनि पढ्नुहोस्
    विहे भोजमा झडप हुँदा कैलालीमा ४ जना घाइते

    कैलालीको चुरे गाउपालिका वडा न ४ बालुवागडाका चार जना युवामाथि शुक्रबार आक्रमण गरिएको छ । सोही ठाउँमा विहेमा सहभागि भएका ती युवामाथि अज्ञात समुहबाट आक्रमण भएको थियो । ‘हामी विहेमा रमाइरहेका थियौं । अचानक हामीमाथि आक्रमण गरियो’ आक्रमणका कारण घाइते

    भएका युवा कृष्ण विकले भने –‘ती मानिसलाई हामीले चिनेका छैनौं ।’ अहिले घाइते कृष्णसंगै उनका साथीहरु धनगढीको निसर्ग अस्पतालमा उपचाररत छन । आक्रमणमा परि घाइते हुनेमा चक्र खत्री, महेन्द्र गुरुङ र खगेन्द्र खत्तेडी पनि रहेका छन । घाइते चक्रले भने –‘१२ जनासहितका युवाहरु पाच वटा मोटरसाईकलमा आए ।

    हामीमाथि आक्रमण गरे र भागे ।’ जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी उपरीक्षक विश्व अधिकारीले ५ वटा मोटरसाइकल नियन्त्रणमा लिएको बताउदै कुटपिटमा संग्लनको खोजी भइरहेको बताए। प्रहरीका अनुसार बिहेमा सहभागी दुई समूहबीच विवाद भएपछि झडप भएको हो। 

  • सम्बन्धित विषय:

  • # हत्या

  • बागलुङ पोस्ट

    सम्बन्धित समाचार