राजनीति

अवकास नलिई सिगानाको भगवती प्राविका स्थायी शिक्षक सुरेश मल्ल एमाले वडाध्यक्ष बने

अवकास नलिई सिगानाको भगवती प्राविका स्थायी शिक्षक सुरेश मल्ल एमाले वडाध्यक्ष बने

  • कार्तिक ७, २०७८ आइतवार
  • १७:३५:२६ बजे
  • 3.0K
    SHARES
  • अवकास नलिई सिगानाको भगवती प्राविका स्थायी शिक्षक सुरेश मल्ल एमाले वडाध्यक्ष बने

    बागलुङ : शिक्षा ऐन २०२८ आठौं संशोधन २०७३ को १६, ‘ङ’ मा सामुदायिक विद्यालयका शिक्षक तथा  कर्मचारी राजनीतिक दलको कार्यकारिणी समितिको सदस्य बन्न नपाउने व्यवस्था छ ।

    यदि यस्तो भएको पाईएमा पाईएमा शिक्षक वा कर्मचारीलाई पदबाट हटाईने स्पष्ट नियम रहेको छ । तर, यस नियमलाई उल्लंघन गर्दै बागलुङ नगरपालिका—८ सिगानाको भगवती प्राविका शिक्षक सुरेश मल्ल नेकपा (एमाले) को दशौँ राष्ट्रिय महाधिवेशन अन्तर्गत शनिबार  भएको वडा तहको अधिवेशनमा बानपा—८ सिगानाको वडा अध्यक्ष चुनिएका छन् । मल्ल अवकास अगावै राजनीतिक दलको कार्यकारी वडा प्रमुख पदमा बसेका हुन् ।

    यस बारेमा मल्ले आफु अवकास लिने तयारीमा रहेकाले राजनीतिमा प्रवेश गरेको उनले बताए ।

    ‘म अब अवकास लिने तयारीमा छु, स्थायी भएको पनि ३० वर्ष पुग्न लाग्यो, शिक्षकबाट अवकास लिने योजना अनुसार एमाले सिगानाको वडाध्यक्षमा बसेको हुँ,’ उनले भने ।

    आफु अवकास लिने बताए पनि उनले अबकास भने लिईसकेका छैनन् ।

     बागलुङ नगरपालिकाका शिक्षा शाखा प्रमुख धनप्रसाद पोखरेलले भने अवकास अगावै राजनीतिमा सक्रिय भएको पाईएमा कारबाही हुने बताए । ‘शिक्षक अवकास बिनानै राजनीतिक दलको कार्यकारिणी समितिमा रहेर काम गर्नु शिक्षा ऐन विपरित हो, त्यस्तो अवस्थामा शिक्षकले एक पद छाड्नुपर्छ,’ उनले भने,‘ अरु ठाउँको पनि केही गुनासाहरु हामीकहाँ आएका छन् । यस बारेमा बुझेर हामीले उहाँहरुलाई पत्राचार गर्छौं ।

    शिक्षा ऐनमा राजनीति गर्ने व्यवस्था छैन दुईटा मध्ये एउटा काम छाड्नुपर्छ ।’ 

     

    सम्बन्धित समाचार