बागलुङ : नेकपा एमाले र राप्रपाले सिगानाबाट बागलुङ नगरपालिकाको चुनावी शुरु गरेको छ । शनिबारबाट बागलुङ नगरपालिकाका नेकपा एमाले र राप्रपाका उम्मेदवारहरुले गाउँ केन्द्रित चुनावी प्रचार प्रसार कार्यक्रम शुरु गरेको छ ।
बागलुङ नगरपालिका–८ सिगानमा आयोजना गरेको चुनावीसभामा बोल्दै प्रमुख अतिथि नेकपा एमालेका केन्द्रिय सदस्य तथा संघीय संसद डा. सुर्य पाठकले नेकपा एमाले विकास र समृद्धिका लागि का मगर्ने पार्टी भएको र एमालेले भाषणमा हैन काममा गरेर देखाउने बताए । उनले सिगाना हुँदै शान्तिपुर जोड्ने एक निर्वाचन क्षेत्र एक रणनैतिक सडककालोपत्रेका लागि ठेक्कामा गएको बताउदै सिगानाका जनताले केही वर्षमा कालोपत्रे सडकमा यात्रा गर्न पाउने बताए ।
उनले सिगानको विकासमा केन्द्र, प्रदेश र बागलुङ नगरपालिकाले अहम भूमिका खेलेको भन्दै आगमी दिनमा अधुरा रहेका काम पुरा गर्न यहाँका वडा अध्यक्ष, नगर उपप्मुख तथा नगर प्रमुखहरुलाई जिताउन आग्रह गरे । यस्तै आमसभालाई सम्बोधन गर्दै बागलुङ नगरपालिकाका नेकपा एमालेका उम्मेदवार तथा निर्वाचमान नगर प्रमुख जनकराज पौडेलले सिगानामा यो पाँच वर्षमा आधारभूत काम भएको र अन्य ठूला काम सडक कालोपत्रे, सबै घरमा खानेपानीका धारा लगायतका काम गर्न पुन निर्वाचनमा आएको बताए । ‘सिगानामा नगर र वडाले धेरै काम गरेको छ, अहिले सडक सुधार भएर ट्याक्सी गुड्ने सडक भएको छ’ पौडेलले भने‘यो पाँच वर्षमा बौडैचोर सम्म नभए वडा कार्यालयसम्म सडक कालोपत्रे गर्नेछौं, सबै घरमा खानेपानीका धारा पु¥याउछौं ।’
राप्रपाबाट नगर उपप्रमुखको उम्मेदवार बन्नुभएका सन्जय खड्काले नगरपालिकाको विकासका लागि आफूले नयाँ योजना र सोचका साथ उम्मेदवार बनेको आफूलाई मतदान गर्न आग्रह गरे । कार्यक्रममा नेकपा एमाले बागलुङ नगर कमिटिका अध्यक्ष धन बहादुर परियार, बागलुङ नगरपालिका–८ सिगानाका वडा अध्यक्षका उम्मेदवार राजन जिसीले मन्तव्य राखेका थिए । कार्यक्रम नेकपा एमाले बागलुङ नगरपालिका–८ सिगानाका अध्यक्ष लाल बहादुर थापाको अध्यक्षता र सचिव अर्जुन खड्काको सञ्चालनमा सम्पन्न भएको थियो ।