मेष व्यापार व्यावसायबाट सोचे जस्तो आम्दानी नभएपनि घाटा लाग्ने छैन । यात्रा गर्दा विशेष ख्याल गर्नुहोला गन्तव्य पहिल्याउन मुश्किल पर्नेछ । मायाप्रेममा नजिक हुँदा अविश्वास बढ्ने हुनाले आजको दिन टाढै रहनु उचित हुनेछ । आफन्त तथा दाजु भाइसँग सानो कुरामा विवाद बढ्नेछ भने गैर न्यायीक कामहरु नगर्नुहोला समय तपाईंको पक्षमा रहेको छैन ।
वृष व्यापार व्यावसाय फस्टाएर जानेछ भने होटल तथा रेष्टुरामा लगानी गरी मनग्गे आम्दानी गर्न सकिनेछ । आत्मिय मित्र तथा साथीभाइहरुको सहयोगले सकारात्मक कामहरु गर्न सकिनेछ । अध्ययन तथा अध्यापनमा मन जाने हुनाले नतिजा आफैतिर ल्याउन सकिनेछ । माया प्रेममा सामिप्यता बढेर जाने तथा पति पत्नी बीच विश्वासको वातावरण बढ्नेछ । बोलीको प्रभाव बढ्ने हुनाले बोलेरै मनग्गे आम्दानी गर्न सकिनेछ ।
मिथुन राजनीति तथा समाजसेवामा गरिएको लगानीबाट भनेजस्तो उपलब्धि हासिल हुनेछ भने राज्यबाट पद प्रतिष्ठा पाउने योग रहेको छ । व्यापार व्यावसाय फस्टाएरु जाने हुनाले थप लगानीको लागि रुपैयाँ जुटाउन सहज हुनेछ । सुन्दर तथा विलासी वस्तुको प्रयोग गर्न पाइने तथा सुन्दर वस्त्र पहिरनले अरुको मन आफूतिर आकर्षित गर्न सकिनेछ । पढाइ लेखाइमा उत्कृष्ट नतिजा हात पार्ने छ ।
कर्कट लामो दुरीको वैदेशिक यात्रा तय हुनेछ भने विदेशी सामानको व्यापार व्यावसाय फस्टाएर जानेछ । स्वास्थ्य सम्बन्धि सामान्य समस्या देखापर्न सक्ने तथा उपचार खर्च बढ्ने योग रहेको छ । अनावश्यक खर्च बढ्ने हुँदा दैनिक खर्च बढेर जानेछ । न्यून पारिश्रमिकमा दिनभर समय व्यतित गर्नुपर्दा अन्य काममा समय दिन सकिने छैन । अल्छी गर्ने बानीले कामहरु बिग्रन सक्छ ।
सिंह विभिन्न भौतिक तथा विलासी सामानहरु जुट्नेछन् भने भविष्यमा आम्दानी हुने व्यावसायमा लगानी गर्न सकिनेछ । आयस्रोतका बाटाहरु फराकिला हुनेछन् भने कृषि तथा पशुपालन व्यावसाय फस्टाएर जानेछ । बैंक तथा वित्तिय क्षेत्रसँग सम्बन्धित व्यावसायबाट मनग्गे आम्दानी हुनेछ । माया प्रेममा नजिक हुने समय रहेको छ । साँझपख लामो दुरीको यात्रा हुनेछ ।
कन्या नोकरीमा अप्ठ्यारो परिस्थितिको सामना गर्नुपर्नेछ भने सहयोग गर्ने कमै भेटिनेछन् । पहिले निर्णय भैसकेका मुद्दाहरु आईलाग्ने हुँदा मानसिकक तनाव बढ्नेछ । सामान्य स्वास्थ्य सम्बन्धि समस्या आउने हुनाले दैनिक कामकाज गर्न गाह्रो हुनेछ । माया प्रेममा आफ्नो मायालुसँग मनमुटाव बढ्नेछ । आफ्नो भन्दा पनि अरुकै कामको लागि दिनभर व्यस्त रहँदा आफ्नो काम थाती रहनेछ ।
तुला लामो दुरीको धार्मिक तथा शैक्षिक यात्रा गर्न सकिनेछ भने यात्राका क्रममा महत्वपूर्ण व्यक्तिहरुसँग भेटघाट हुनेछ । व्यापार व्यावसायमा लगानी गरी प्रशस्त आम्दानी गर्न सकिनेछ भने तपाईंको काममा आफन्त तथा शुभचिन्तक हरुको सहयोग रहनेछ । माया प्रेमको गाँठो कसिलो भएर जाने तथा जीवन साथीको सहयोगले राम्रा कामहरु सम्पादन हुनेछन् । प्रतिष्ठित काम गरी समाजमा नाम कमाउन सकिनेछ ।
बृश्चिक आउने ठाउँबाट रुपैयाँ पैसा नआउनाले बनाएका योजनाहरु थाती हुनेछन् । व्यापारमा उधारो लगेर नतिर्नेहरु हावी हुनेछन् भने आम्दानी नहुनाले दैनिकी प्रभावित हुनेछ । माया प्रेममा तित्तmता आउने तथा दाम्पत्य जीवनमा एक अर्कालाई शंकाको दृष्टिले हेर्नाले घरमा समस्या उत्पन्न हुनेछ । साँझपख समय राम्रो रहेकोले बैंक तथा शेयर बजारको लगानी भने फस्टाएर जानेछ ।
धनु भौतिक सम्पत्ति तथा सवारी साधनको प्रयोग गर्दा ध्यान दिनुहोला, हतार गरी प्रयोग गर्नाले अप्रिय घटना नघट्ला भन्न सकिन्न । जीवन साथीसँगको असमझदारीले दैनिक कामहरु प्रभावित हुनेछन् । माया प्रेममा नचाहँदा नचाहँदै टाढिनु पर्ने बाध्यता हुनेछ, ध्यान दिनुहोला । व्यापार व्यावसायमा रुपैयाँ पैसाको व्यवस्थापन गर्न नसक्दा घाटा लाग्न सक्छ । खानपानमा ध्यान दिनुहोला ।
मकर न्यायिक निर्णयहरु तपाईंको पक्षमा हुने छैनन् भने वादविवाद तथा प्रतिस्पर्धामा भाग लिए हारिने सम्भावना रहेको छ । पुराना समस्याहरु बल्झन सक्छ, ध्यान दिनुहोला । अध्ययन अध्यापनमा ध्यान नजाँदा अरुभन्दा पछि परिनेछ । मामा तथा मावली पक्षसँग विवाद बढ्ने योग रहेको छ । सामाजिक सञ्जाल तथा प्रविधिको प्रयोग मार्फत् आफ्ना विचारहरु जनमानसमा लैजान सकिनेछ ।
कुम्भ विगतका गल्ती तथा कमी कमजोरीहरुलाई सच्याउँदै परिणाममुखी काम गर्न सकिनेछ । अध्ययनमा राम्रो सुधार गर्दै आफन्त तथा गुरुवर्गहरुको इज्जत राख्न सकिने समय रहेको छ भने शैक्षिक यात्राको प्रशस्त सम्भावना रहेको छ । आकस्मिक धन तथा सम्पत्ति हात लागी हुनेछ भने आफूले मन पराएको मानिसबाट उपहार प्राप्त हुनेछ । व्यापारमा लगानी बढाउँदै आम्दानीमा वृद्धि गर्न सकिनेछ ।
मीन आमा तथा आमा सरहका मानिससँग विवाद बढ्ने योग रहेको छ । छाती सम्बन्धि सामान्य समस्या आउन सक्छ, ख्याल गर्नुहोला । प्रतिस्पर्धीहरुले काममा अवरोध पु¥याउन सक्छन्, ध्यान दिनुहोला । व्यापार व्यवसायमा प्रशस्त समय दिनुपर्नेछ भने कृषी तथा पशुपालन व्यवसाय फस्टाएर जानेछ । साँझपखको समय उत्तम रहेकोले आम्दानी बढ्नेछ भने अध्ययनमा सुधार भएर जानेछ ।