बागलुङ : कलाकार राजन कार्की र रिना केसीको लोकदोहोरी गित मुटु जोडेर बजारमा आएको छ ।
पछिल्लो समय भंगेरी चरीको नाममबाट परिचित गायिका रिना केसीको सुमधुर आवाज समावेश गरिएको कलाकार राजन कार्कीको दोहोरी गित सार्वजनिक भएको हो ।
गितमा सागर लामाको शब्द संगित रहेको छ ।
राजन कार्की रिना केसीको आवाज समेत गित युट्युव च्यानलबाट सार्वजनिक गरिएको छ ।
राजन कार्की र सोफिया कार्कीलाई फिचर गरिएको गितको भिडीयोको निर्देशन राजन कार्की, सम्पादन मनोज कार्की र छायाँङ्कन गणेश सापकोटाले गरेका छन् ।
भंगेरी चरी गितबाट निकै चर्चा कमाएकी बागलुङकी चेली रिना केसीले यो गितबाट थप माया पाउने अपेक्षा राखेकी छिन् ।
गितमा मायाप्रितीको विषयलाई उठान गरिएको छ ।