कुटपिट गरि आमाकाे हत्या 

कुटपिट गरि आमाकाे हत्या 

खुकुरी प्रहार गरी दुईको हत्या
  • माघ २४, २०७८ सोमवार
  • ०८:४२:०७ बजे
  • 2.3K
    SHARES
  • कुटपिट गरि आमाकाे  हत्या 
    फाइल तस्बिर

    सुर्खेत : सुर्खेतको वीरेन्द्रनगर-२ खोलीगाउँमा आफ्नै आमालाई कुटपिट गरी हत्या गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।५७ वर्षीया आमा शान्ति थापालाई घाइते बनाइ फरार रहेको अवस्थामा प्रहरीले सोही ठाउँका ३० वर्षीय रमेशबहादुर थापालाई बाँकेको कोहलपुरबाट पक्राउ गरेको हो ।

    रमेशले आमालाई शनिबार घर नजिकको खेतमा कुटपिट गरी घाइते बनाएको र आइतबार मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ । कुटपिट भएको सूचना लगत्तै जिल्ला प्रहरी कार्यालय सुर्खेतले प्रहरी निरीक्षक कनकबहादुर शाहीका नेतृत्वमा घटनास्थलमा अनुसन्धान टोली परिचालन गरेको थियो ।

    प्रहरीले घटनास्थलमा मुचुल्का र पोष्टमार्टम समेतको प्रारम्भिक अनुसन्धान गरी शव छोरी चम्पा थापाको जिम्मा लगाएको जनाएको छ । नियन्त्रणमा लिइएका रमेशलाई सोमबार सुर्खेत जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान सुरु गरिने जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ ।

    खुकुरी प्रहार गरी दुईको हत्या

    बलेफी गाउँपालिका–७ माथिल्लो चिम्लिङमा खुकुरी प्रहारबाट दुईजनाको हत्या भएको छ । आइतबार साँझ सो स्थानका विजय तामाङले मादक पदार्थ सेवन गरी स्थानीयवासी ७० वर्षीया वासुमाया तामाङ र ५९ वर्षीय सन्तवीर तामाङको हत्या गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

    अभियुक्त विजयलाई प्रहरीले नियन्त्रणमा लिएको कार्यालयका प्रमुख प्रहरी उपरीक्षक राजन अधिकारीले जानकारी दिए । उनले घटनाको थप अनुसन्धान भइरहेको बताए।

  • सम्बन्धित विषय:

  • # हत्या
  • # कुटपिट

  • बागलुङ पोस्ट

    सम्बन्धित समाचार