तंग्राममा जनतासंग नेपाली काँग्रेस अभियान

तंग्राममा जनतासंग नेपाली काँग्रेस अभियान

  • फाल्गुण २४, २०७८ मंगलवार
  • २०:१५:१८ बजे
  • 3.2K
    SHARES
  • तंग्राममा जनतासंग नेपाली काँग्रेस अभियान

    बागलुङ : नेपाली काँग्रेस बागलुङले सञ्चालन गरेको जनतासंग काँग्रेस अभियान मंगबालर जिल्लाको काठेखोला गाउँपालिका—४ तंग्राममा सम्पन्न भएको छ ।

    कार्यक्रममा बोल्दै नेपाली काँग्रेस बागलुङका पूर्व पार्टी सभापति गोविन्द शर्मा कँडेलले मुलुकको निर्माणका लागि काँग्रेसको विकल्पन भएको बताए । उनले कम्युनिष्ट पार्टीले दुइ तिहाई बहुमत पाउँदा पनि सरकार सञ्चालन गर्न नसकेका कारण अहिले काँग्रेसले जिम्मेवारी बहन गर्नुपरेको भन्दै आउँदो तीन वटै तहको निर्वाचनमा काँग्रेसलाई विजयी गराउन आग्रह गरे ।  उनले एमसीसीको विषयमा गाउँ गाउँसम्मै अनावश्यक भ्रम फिँजाईएको भन्दै एमसीसी एउटा विकास परियोजना भएकाले भ्रममा नपर्न आग्रह गरे । उनले गरिबीमा आफ्नो राजनीतिक भविष्य सुरक्षित देख्ने कम्युनिष्ट पार्टीहरुले एमसीसीका कारण देशमा अमेरिकन सेना आउने भनेर जनतालाई भ्रमित पारेको उनको आरोप छ ।

     कार्यक्रममा नेपाली काँग्रेस बागलुङका सहसचिव ज्ञानु श्रीस शर्मा, जिल्ला सदस्य नरमाया थापा, अभियान संयोजक एवं जिल्ला सदस्य गोविन्द कँडेल, महाधिवेसन प्रतिनिधि राजु थापा, जिपी कोईराला फाउण्डेसनका अध्यक्ष महेन्द्र कँडेल, नेपाली काँग्रेस काठेखोला गाउँपालिका सभापति यामदत्त कँडेल, प्रदेश क्षेत्रीय सदस्य ज्ञामनाथ कँडेल, प्रदेश महाधिवेसन प्रतिनिधि सावित्री खड्का, काठेखोला—४ तंग्रामका वडाधयक्ष केशव थापा, पूर्व गाविस अधयक्ष श्यामबहादुर पुन लगायतले मन्तव्य व्यक्त गरेका थिए । 

    कार्यक्रममा सहभागीहरु कृष्णबहादुर पुन, दिलकुमारी थापा, नरबहादुर पुन, प्रेमबहादुर थापा, प्रमिला थापा पुन, नरबहादुर थापा, दिलबहादुर पुन, छबिलाल थापा लगायतले विभीन्न प्रश्न तथा जिज्ञासा राखेका थिए । उनीहरुले अब एमसीसी पास गर्नुको कारणबारे जनतालाई स्पष्ट पार्नुपर्ने, कम्युनिष्टले फैल्याएका भ्रम चिर्ने र काँग्रेसले गरेका कामहरुको प्रचार गर्न पनि नेताहरुलाई आग्रह गरे । उनीहरुले सभा र भेला भन्दा पनि घरदैलो अभियान सञ्चालन गर्न आग्रह गरे । वडा तहमै काँग्रेसका भातृ तथा सुभेच्छुक संस्थाहरु चलायमान गराउनुपर्ने उनीहरुले माग गरे । 

    कार्यक्रममा सहभागीले स्थानीय निर्वाचनका स्थानीय स्तरमै उम्मेदवारको छनोट गर्नुपर्ने र माथिल्लो तहबाट गर्नुपर्ने भए पनि बेलैमा टुंगो लगाएर जनतासंग पुग्ने पर्याप्त समय दिनुपर्ने बताए । नेपाली काँग्रेस काठेखोला—४ तंग्रामका सभापति विष्णु आलेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वगत सहसचिव प्रकाश पुन र सञ्चालन सचिव सम्झना थापाले गरेकी थिईन् । उक्त अवसरमा तंग्रामबाट काँग्रेसको वडा भन्दा माथिल्लो तहमा पुगको १० जना बढि नेतालाई सम्मान गरिएको थियो । 

     

    सम्बन्धित समाचार