तंग्रामका किसानलाई बेमौसमी तरकारी खेती तालिम 

तंग्रामका किसानलाई बेमौसमी तरकारी खेती तालिम 

  • फाल्गुण २०, २०७७ बिहिवार
  • १२:५५:५० बजे
  • 7.4K
    SHARES
  • तंग्रामका किसानलाई बेमौसमी तरकारी खेती तालिम 

    बागलुङ : जिल्लाको काठेखोला गाउँपालिका—४ तंग्राममा बेमौसमी तरकारी खेती सम्बन्धी तालिम सुरु भएको छ ।

    प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद गण्डकी प्रदेशको सहयोगमा काठेखोला गाउँपालिका—४ को समन्वयमा र धौलागिरि प्राविधिक शिक्षालय लेते मुस्ताङको आयोजनामा ६५ दिने तालिम सुरु भएको हो ।

    ३९० घण्टाको उक्त तालिममा २० प्रतिशत सैद्धान्तिक र ८० प्रतिशत प्रयोगात्मक तालिम प्रदान गरिने तालिमका प्रशिक्षक सञ्जु सापकोटाले बताईन् ।

    ‘हामीले यो तालिममा नर्सरी बनाउने देखि कम्पोस्ट मल बनाउने, व्याड बनाउने, टनेल बनाउने काम पनि सिकाउँछौं,’ उनले भनिन्,‘१५ जातका बेमौसमी तरकारीको खेति गर्दा ध्यान दिनुपर्ने कुराहरुसंगै रोग लाग्दा त्यसबाट पार पाउने उपायहरु पनि सिकाउँछौं ।’ किसानलाई सबै प्रकारको प्राविधिक ज्ञान सिकाएर व्यवसायिक रुपमा तरकारी खेति गर्नका लागि तयार गर्नेगरी तालिम सुरु भएको उनले बताईन् ।

     ‘किसानलाई सबै कुरामा पोख्त बनाएर व्यावसायिक खेति गर्दा आउनसक्ने समस्याहरुसंग आफै जुध्न सक्ने बनाउने तालिमको लक्ष्य हो,’ उनले भनिन्,‘६५ दिनको तालिममा सामान्य खालका तरकारीहरु त हुर्कने पनि हुन्छ । तालिम लिएका किसानहरु व्यवसायिक बनुन् भन्ने हाम्रो उद्देश्य हो ।’ तालिममा साविक तंग्राम गाविसका २० जनाको सहभागिता रहेको छ ।

    स्थानीयलाई व्यवसायिक रुपमा तरकारी खेतीमा लाग्न प्रेरित गर्ने उद्देश्यले तालिम सञ्चालन गरिएको काठेखोला—४ का वडाध्यक्ष केशरबहादुर थापा (केशव) ले जानकारी दिए ।

     ‘स्थानीयलाई आर्थिक उत्पादनसंग जोड्नुपर्छ भन्ने मान्यता हो, त्यसका लागि आफैले व्यवसाय गर्नुपर्छ,’ उनले भने,‘यहाँको तरकारी खेती सबैभन्दा सहज र राम्रो हुन्छ भन्ने लागेर यो तालिम सञ्चालन गरिएको हो ।’

    वडा कार्यालयले नागरिकलाई आयआर्जनका विभीन्न क्षेत्रमा लाग्न प्रेरित गरिरहेको उनले बताए । 

  • सम्बन्धित विषय:

  • # तंग्राम
  • # बेमौसमी तरकारी

  • बागलुङ पोस्ट

    सम्बन्धित समाचार