बागलुङ : नेकपा एमालेका केन्द्रीय सदस्य तथा बागलुङ जिल्ला इन्चार्ज गोविन्दबहादुर नेपालीले नेपाली जनताले विश्वास गरेर दिएको जनमत देउवाको झोलीमा राखेर बामपन्थी राजनीतिलाई कमजोर बनाउने प्रचण्ड र माधव नेपालहरुका कारण मुलुक अस्थिरतातर्फ अग्रसर बनेको बताए । नेकपाएमाले काठेखोला गाउँपालिकाले सञ्चालन गरेको चुनावी अभियान अन्तर्गत मंगलवार वडा नं. ३ धम्जामा आयोजित चुनावी सभामा बोल्दै नेपालीले यस्तो बताएका हुन् ।
नेपालीजनताले बामपन्थी शक्तिलाई सत्तामा पठाएर मुलुक परिवर्तन गराउन चाहन्थे, एमाले नेतृत्वमा बनेको सरकारले समृद्धिका थुप्रै योजना अगाडि ल्याएको थियो, तर प्रचण्ड र माधव नेपालहरुले जनताले दिएको अभिमतपूँजिवादीशक्ति नेपालीकांग्रेसलाई दिएर समाजवादको यात्रा रोकेको नेपालीको आरोप छ । कार्यक्रममा एमाले केन्द्रीय सदस्य तथा जिल्ला सहइन्चार्ज इन्द्रलाल सापकोटाले गठबन्धनका नाममाएमाले विरुद्ध गरिएको घेरावन्दीका विरुद्ध गाउँगाउँकाजनताले संगठित भएर एमाले जिताउने अभियानसञ्चालन गरेको बताए ।
पार्टीका केन्द्रीय सदस्यतथाविदेश विभागउपप्रमुख कृष्ण केसीले बामपन्थी विचारबाट विचलितहुदै गएका प्रचण्ड र माधव नेपालले देउवालाई काधमाबोकेर समाजवादको यात्रा पुरा गर्ने उल्टो बाटो हिडेकोले देशभक्त र बामपन्थीशक्तिहरुले एमालेलाई रोज्नुपर्ने बताए । कार्यक्रममा नेकपाएमाले प्रदेश कमिटि सदस्य हुमाकुमारी जिसी (अञ्जु), प्रदेश कमिटि सदस्य रामबहादुर जिसी, जिल्ला सचिवालय सदस्यतथा काठेखोला गाउँपालिकाका अध्यक्ष अमर बहादुर थापा, इञ्जिनियर एशोसियन गण्डकीका संयोजक खिमानन्द कंडेल, एमाले जिल्ला सदस्य प्रेम बहादुर श्रीस लगायतले बैशाख ३० गतेसम्म सचेत भएर जनतालाई सूर्य चिन्हमा मतदान गर्ने वातावरण सिर्जना गर्न आग्रह गरे ।
काठेखोलामा एमालेका तर्फबाट अध्यक्षकाउमेदवार डिल बहादुर कार्की, उपाध्यक्षका उमेदवार कोपिलापुन र वडा नंं ३ का अध्यक्षका उमेदवार कुलबहादुर विकले धम्जा र सिंगो काठेखोलाको विकासका लागि एमालेले बनाएको प्रतिवद्धता कार्यान्वयन गर्ने बताए ।