भूकम्पबाट जाजरकोटमा ३७ जनाको मृत्यु, सयौँ घाइते

भूकम्पबाट जाजरकोटमा ३७ जनाको मृत्यु, सयौँ घाइते

  • कार्तिक १८, २०८० शनिवार
  • ०७:२४:०६ बजे
  • 2.1K
    SHARES
  • भूकम्पबाट जाजरकोटमा ३७ जनाको मृत्यु, सयौँ घाइते

    जाजरकोट : गएराति भूकम्पमा परी जाजरकोटमा मृत्यु हुनेको सङ्ख्या ३७ पुगेको प्रमुख जिल्ला अधिकारी सुरेश सुनारले जानकारी दिएका छन् । उनका अनुसार भूकम्पमा परी सयौँ मानिस घाइते भएका विवरण प्राप्त भएका छन् । भूकम्पमा २७ महिला र १० पुरुषको मृत्यु भएको छ । भूकम्पले जिल्लाका भेरी, नलगाड, कुशे, बारेकोट र छेडागाडमा क्षति पुर्‍याएको छ ।

    भूकम्पका कारण घरहरु भत्किएको जानकारी प्राप्त भए लगत्तै उद्धारका लागि कर्णाली प्रदेश र प्रहरी कार्यालयबाट ४० र २० गरी ६० जनाको उद्धार टोली परिचालन गरिएको छ । जिल्लाका सबै सुरक्षा अङ्गहरु परिचालन भएको प्रजिअ सुनारले बताए । जाजरकोटका प्रहरी नायव उपरीक्षक सन्तोष रोकाका अनुसार भूकम्पमा परी नलगाड नगरपालिकाकी उपमेयर सरिता सिंहको पनि मृत्यु भएको छ ।

    भूकम्पका कारण यहाँ विद्युत सेवा समेत अवरुद्ध भएको छ । सडक सञ्चालनमा पनि समस्या भएकाले घाइतेको उद्धार कठिन भइरहेको छ ।रातिको समय भएकाले थप विवरण सङ्कलन गर्न कठिनाइ भइरहेको बताइएको छ । शुक्रबार राति ११ बजेर ४७ मिनेट जाँदा जाजरकोटलाई केन्द्रविन्दु बनाएर छ दशमलव चार म्याग्निच्युडको भूकम्प गएको हो ।

  • सम्बन्धित विषय:

  • # भूकम्प

  • बागलुङ पोस्ट

    सम्बन्धित समाचार