पोखरा : पोखरा नजिकै केन्द्रबिन्दु बनाई भूकम्प गएको छ । ९ बजेर ५९ मिनेटमा भूकम्प गएको हो । नेपाल, भारत र अमेरिकी भूगर्भ विभागको तीन थरी रिपोर्ट प्रकाशित भएको छ ।
पोखरादेखि ४४ किमि उत्तर केन्द्र बनाई ४ दशमलव ४ रेक्टर स्केलको भूकम्प गएको ईण्डिया मेटोरोजिकल डिपार्ट, न्यू दिल्लीले जनाएको छ । भूकम्पको गहिराई १५७ किलोमिटर रहेको छ । भुकम्पको धक्का पोखरा र आसपासका क्षेत्रमा महशुस गरिएको थियो ।
यद्यपी कुनै क्षति भएको रेकर्ड भने छैन ।राष्ट्रिय भूकम्प मापन केन्द्रले भने मनाङको नारमा केन्द्रबिन्दु बनाई ५.३ रेक्टर स्केलको भूकम्प गएको जानकारी ढिलो गरी १० बजेर २७ मिनेटमा दिएको छ ।