आफ्नै साथीले गरे कैंचीले पेटमा घोपेर कालीगढको हत्या

आफ्नै साथीले गरे कैंचीले पेटमा घोपेर कालीगढको हत्या

  • पौष २२, २०७७ बुधवार
  • ०८:३१:५९ बजे
  • 4.3K
    SHARES
  • आफ्नै साथीले गरे कैंचीले पेटमा घोपेर कालीगढको हत्या

    काठमाडौं : काठमाडौं बालाजुस्थित बाईपासमा कपडा काट्ने कैंचीले घोपेर कलाम मियाँको हत्या गरिएको छ ।

    मंगलबार राति सिलाई–कटाईको काम गर्ने भारत बिहार घर भएका मियाँलाई उनकै सहकर्मीले कैंचीले घोपेर हत्या गरेका हुन् ।

    हत्यामा संलग्न आरोपी भारत बिहारका सुवोध शर्मालाई फर्पिङबाट पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंका डिएसपी प्रमेश विष्टले रातोपाटीलाई बताए ।

    शर्माले पेटमा कैंचीले घोपेर घाईते बनाएका मियाँको उपचारको क्रममा त्रिवी शिक्षण अस्पतालमा मृत्यु भएको हो । मियाँको बुवाको कपडा सिलाई कारखानामा उनीहरु दुवैजना काम गर्थे ।

    पुरानो रिसिवीले गर्दा सुवोधले मियाँलाई आक्रमण गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट थाहा भएको छ । मृतकले रडले हिर्काउन खोजेपछि आफूले प्रतिकार गरेको सुवोधले प्रहरीलाई साविती बयान दिएका छन् ।

    घटनास्थलबाट प्रहरीले हत्यामा प्रयोग भएको कैंची बरामद गरेको छ । आरोपीको कोठामा भारतिय आधारकार्ड फेला परेको डिएसपी विष्टले रातोपाटीलाई बताए ।

    सम्बन्धित समाचार