के गुलियो खानेकुराले मधुमेह हुन्छ ?

के गुलियो खानेकुराले मधुमेह हुन्छ ?

  • पौष २५, २०७७ शनिवार
  • ०७:३०:१५ बजे
  • 3.1K
    SHARES
  • के गुलियो खानेकुराले मधुमेह हुन्छ ?

    चिनीजन्य खानेकुरा सेवन नगर्दा मधुमेह  लाग्दैन भन्ने जमात पनि कम छैन । जबकी मधुमेहको कारण चिनीजन्य खानेकुरा मात्र होइन ।

    मधुमेह हुनुमा वंशानुगत र अन्य कारण बढी जिम्मेवार हुन्छ । यद्यपी मधुमेहले ग्रस्त भइसकेपछिको अवस्थामा गुलियो खानेकुरा सेवन गर्दा शुगर अनियन्त्रित हुन्छ ।

    मधुमेहका रोगीलाई अक्सर सल्लाह दिने गरिन्छ कि, उनीहरुले सुगर फ्रि चिज खानुपर्छ । जबकी मधुमेह रोगीको खाना शुगर फ्रि मात्र होइन, क्यालोरी फ्रि पनि हुनुपर्छ ।

    अहिले के पनि भन्न थालिएको छ भने, मधुमेह भनेको खानदानी रोग हो । अर्थात हुनेखानेलाई लाग्ने रोग हो । यसको अर्थ जो सुख र सुविधाभोगी छन्, ऐशआरमको जीवन विताउँछन् उनीहरु यो रोगको चपेटामा आउँछन् ।

    यसको अर्थ के भने, ऐशआरम खोज्नेहरु शारीरिक रुपमा निस्क्रिय हुन्छन् । श्रम गर्दैनन् । व्यायाम गर्दैनन् । मीठोमसिनो खान्छन् ।

    यस किसिमको खराब जीवनशैली पनि अहिले मधुमेहको कारण बन्दैछ ।दुई प्रकारको मधुमेह हुन्छ, टाइप–१ र टाइप–२ ।

    यी दुबै मधुमेहको भिन्नतालाई सजिलै थाहा पाउन सकिन्छ । टाइप–१ मधुमेहमा इन्सुलिन उत्पादन गर्ने कोशिका शरीरको प्रतिरक्षा प्रणालीद्वारा नष्ट हुन्छ ।

    जबकी टाइप–२ मधुमेहमो शरीरले प्यानक्रियाजद्वारा उत्पादन हुने इन्सुलिन प्रयोग गर्न सक्दैन । मधुमेहको रोगीले कम खानुपर्छ, भलै थोरै थोरै खानुहोस् । तर, आवश्य पनि खाइरहनुहोस् ।

    मानिसहरु के सोच्छन् भने, मधुमेह बुढ्यौलीमा लाग्छ । तर, यो सबै उमेर समूहमा लाग्न सक्छ । बालकदेखि बयस्कसम्म ।

    मधुमेह किन हुन्छ ?

    हामी कामको चक्करमा पर्याप्त निन्द्रा लिदैनौं । राती अबेर सुत्ने, बिहान चाडै उठ्ने बानी पनि कतिपयको हुन्छ । तर, पर्याप्त निन्द्रा पुगेन भने विभिन्न रोग लाग्न सक्छ ।

    त्यसमध्ये मधुमेह पनि एक हो ।  दिनमा कम्तिमा ८ देखि १० गिलास पानी पिउनुपर्ने हुन्छ । तर, पानीको मात्रा पुगेन भने शरीरमा ब्लड शुगरको मात्रा बढ्छ ।

    राती अबेर भोजन गर्दा शरीरको तौल बढ्छ । यसले ब्लड शुगर लेभल असन्तुलित हुन्छ । जसको शरीरको तौल बढी हुन्छ, उनीहरुले मोटोपन नियन्त्रणका लागि कुनै पहल गरेनन् भने मधुमेहले गाज्न सक्छ ।

    निस्क्रिय जीवनशैलीले शरीरलाई रोगको भण्डार बनाउँछ । जीवन सक्रिय हुनुपर्छ । यसका लागि नियमित व्यायाम आवश्यक हुन्छ ।

  • सम्बन्धित विषय:

  • # मधुमेह
  • # गुलियो खानेकुरा

  • बागलुङ पोस्ट

    सम्बन्धित समाचार