यी खानेकुराले यौन क्षमता बढाउँछ 

यी खानेकुराले यौन क्षमता बढाउँछ 

  • भाद्र १४, २०७८ सोमवार
  • १९:५७:१३ बजे
  • 15.3K
    SHARES
  • यी खानेकुराले यौन क्षमता बढाउँछ 

    कतिपय मानिस सही खानेकुराले उनीहरूलाई बढ्ता राम्रो प्रेमी बनाइदिने विश्वास गर्छन्

    यदि कुनै एउटा खास खानेकुराले मानिसको यौनशक्ति वा यौन आनन्द बढाइदिने प्रमाण फेला परेमा त्यो हातहातै विक्री हुन्थ्यो होला ।

    सन्तुलित खानपान, सक्रिय जीवनशैली तथा सही मानसिक स्वास्थ्यले तपाइँको यौन जीवन राम्रो बनाइदिन सक्छन्। तर के कुनै खास खानेकुरा छन् जो प्राकृतिक रूपमै यौनशक्तिवर्द्धक छ?

    जुन खानाले मनमा खुसीयाली उत्पन्न गराउने इन्डर्फिन तत्व शरीरमा उत्पादन गराउँछ तिनमा वास्तवमा स्वस्थ यौन इच्छासँग सम्बन्धित तत्व पनि हुन्छन् ।

    तिनलाई बरोबर यौनवर्द्धकको रूपमा समेत प्रस्तुत गरिन्छ ।

    यस्ता दाबीका पछाडि रहेका इतिहास तथा विज्ञान एकपटक जानौँ। के कुनै विशेष खाना छ जसले यौन जीवन सुधारिदिन्छ ?

    विस्मयकारी मृत्यु, यौन व्यभिचार तथा अन्य ६ कारण जसले गेम अफ थ्रोन्स लोकप्रिय भयो ।

    ओयस्टर खाएर हुन्छ कि ?

    ओयस्टर यौनवर्द्धकको रूपमा ठानिनुलाई ग्रीक किम्वदन्तीमा प्रेमकी देवी एफ्रोडाइटको उत्पत्ति समुन्द्रमा भएकोसँग जोडेर हेरिन्छ

    शायद इतिहासकै सबभन्दा प्रख्यात प्रेमी क्यासानोभाले बिहानी नास्तामा ५० वटा ओयस्टर खान्थे भनिन्छ।

    तर ओयस्टर सेवन र यौनशक्तिबारे कुनै प्रमाणित सम्बन्ध पाइँदैन। त्यसोभए यो हल्ला कहाँबाट चल्यो त?

    किम्वदन्ती अनुसार ग्रीक प्रेमकी देवी एफ्रोडाइटको उत्पत्ति सेतो फिँजबाट भएको थियो र उनी समुन्द्रबाट निस्किएकी थिइन्। त्यसैले समुन्द्री खानेकुरा यौनवद्र्धक मानिन्छन् ।

    तर जे होस् ओयस्टर खान रुचाउनेहरूका लागि खुसीको खबर के छ भने यी महँगा मोलस्क जातीका प्राणीहरूमा प्रशस्त जींक तत्व पाइन्छ जुन् टेस्टोस्टेरोन उत्पादनमा अत्यावश्यक हुन्छन्।

    साथै अनुसन्धानहरूका अनुसार जींकले पुरुषको नपुंसकताको उपचार गर्न तथा वीर्यको गुणस्तर सुधार्न सहयोग पु¥याउँछ भन्ने देखाएका छन्।

    जींकका अन्य स्रोतहरूमा शेलफिस, रातो मासु, बियाँ (उदाहरणका लागि फर्सीको बियाँ वा तील), काजु, हाडे बदाम, चना, राजमा, दूध तथा चीज पर्छन्।

    के डार्क चकलेटले तपाइँलाई राम्रो प्रेमी बनाउँछ?

    वैज्ञानिकहरू भन्छन् डार्क चकलेट खाँदा प्रेममा परेको जस्तै किसिमको आनन्द अनुभव हुन्छ ।

    अनुसन्धानकर्ताहरूका अनुसार डार्क चकलेट खाँदा प्रेममा परेको जस्तै किसिमको आनन्द अनुभव हुन्छ किनकि त्यसमा ’प्रेम रसायन’ फिनाइलइथाइलामाइन (पीइए) हुन्छ।

    कसैसँग प्रेमसम्बन्धमा पर्दाका सुरुवाती समयमा सञ्चार हुने पीइएले शरीरमा आनन्द अनुभव गराउने डोपामाइन नामक हर्मोन पनि निष्कासन गराउँछ।

    साथै, मस्तिष्कको आनन्दसम्बन्धी केन्द्रलाई पनि यसले सक्रिय बनाउँछ। तर चकलेटमा निकै कम मात्रामा मात्र पीइए हुन्छ।

    कोकामा ट्रिप्टोफान नामक एमिनो एसिड पनि हुन्छ जसले रक्तसञ्चार तथा सेरोटोनीनको (आनन्दको अनुभूतिसँग जोडिएको अर्को हर्मोन) स्तर बढाइदिन्छ।

    त्यसोभए कहिलेदेखि चकलेट र यौनबीचको सम्बन्ध गाँसियो? शायद १६ औँ शताब्दीतिर हुनुपर्छ ।

    हेर्नान कोर्टेस १६ शताब्दीका एक स्पेनी कंक्विस्टेडर (अमेरिकी महादेशका भूभाग कब्जा गर्न खटाइएका लडाकू) थिए जो माया तथा एज्टेक साम्राज्यहरूमा पुगे।

    हाल मेक्सिको रहेको सम्पूर्ण जसो भूभाग कब्जा गरेर उनले क्यास्टिल साम्राज्यको अधिनमा ल्याए।

    चकलेटको सम्पर्कमा आउने पहिलो युरोपेली उनै भएको ठानिन्छ।

    उनले स्पेनका राजालाई लेखेको पत्रमा आफूले स्थानीय माया समुदायका मानिसहरूले कोकाको झोल खाने गरेको देखेको र त्यसले ’प्रतिरोध क्षमता बढाइदिने र थकान हटाउने’ उल्लेख गरेका छन्।

    तर निश्चित रूपमै चकलेटको प्रयोग यौनवर्द्धक ओखतीको रूपमा भएको प्रमाण भने छैन।

    ट्रिप्टोफानका अन्य स्रोतहरूः सालमन माछा, अण्डा, कुखुरा, पालुङ्गोको साग, बियाँ, काजुकिसमिस तथा भटमास।

    के खुर्सानीले तपाइँको यौन जीवन रङ्गिन बनाउँछ?

    खुर्सानीले शरीरभित्रका अत्यावश्यक रासायनिक क्रियाको गति एवं मुटुको चाल बढाइदिन्छ

    पिरो खुर्सानीमा क्याप्साइसीन हुन्छ जसले इन्डर्फिन तत्व (उही आनन्द अनुभूति गराउने तत्व) को निष्कासन सक्रिय पार्छ।

    खुर्सानीले शरीरभित्रका अत्यावश्यक रासायनिक क्रियाको गति एवं शरीरको तापक्रम र मुटुको चाल बढाइदिन्छ।

    यौनक्रियाका बेला पनि त्यस्तै हुन्छ।

    रक्सीले सघाउँछ कि उल्टो असर पार्छ?

    रक्सीले तपाइँलाई कम लजालु बनाउँछ

    रक्सीले लाज वा सङ्कोच कम गराइदिन्छ, तर म्याक्वेथले लठ्ठिएको बेलामा भनेको जस्तै यसले ’इच्छा जगाउँछ तर प्रदर्शन खुम्च्याउँछ।’

    महिला तथा पुरुष दुवैमा धेरै रक्सी पिउनाले संवेदनशीलता हराउँदै जान्छ।

    लामो समयसम्म रक्सी सेवन गरिराखे त्यसले यौन इच्छा कम गराइदिनुका साथै नपुंसकता समेत निम्त्याइदिन सक्छ।

    साथै रक्सीको दुर्गन्धले यौन उत्तेजना पक्कै ल्याउँदैन।

    यौनवर्द्धक के हुन्?

    एफ्रोडाइट – रोमनहरूले पछि उनलाई भेनसको नाम दिए – समुन्द्रबाट निस्किएको मानिन्छ। त्यसैले समुन्द्री खानेकुरालाई यौनवर्द्धक ठानिन थालियो।

    यौनवर्द्धक वस्तुलाई खासगरि तीन वर्गमा बाँड्न सकिन्छ – यौनशक्ति, यौनइच्छा तथा यौन आनन्द बढाउने खालका।

    यिनले मानिसमा सफल काम गरेको भनेर नाप्न कठिन हुनाका कारण कुनैको पनि वैज्ञानिक प्रमाण फेला पर्न सकेको छैन।

    वास्तवमा हालसम्म एउटा मात्र यौनवर्द्धक वस्तुको प्रमाण फेला परेको छ।

    त्यो भनेको पाकेको वा कुहिएको फलफूलको गन्ध हो र त्यसले फ्रुटफ्लाइ नामक जीवमा यौनवर्द्धकको काम गर्छ।

    एफ्रोडाइटको चित्र

    ग्रीक परम्परामा प्रेमकी देवी मानिने एफ्रोडाइट समुन्द्रबाट निस्किएको मानिन्छ

    यौनस्वास्थ्य विज्ञ डाक्टर क्रिचमान भन्छन् मानिसहरूले यौनवर्द्धक भनेर खान्छन् किनभने उनीहरूले त्यसले काम गर्छ भनेर विश्वास गर्छन्। र, यदि कसैमा केहीले काम ग¥यो भने त्यसमा कारण किन खोजिरहनु?

    यौनवर्द्धकको रूपमा परिचित कैयौँ खानेकुरा वास्तवमै स्वस्थ खानेकुरा हुन्।

    तर कुनै बिरुवाबाट निकालिएको वा कुनै वस्तुबारे स्वास्थसुरक्षाको आँकडा प्राप्त छैन भने तिनबाट जोगिनु नै बेस हुनेछ।

    चामत्कारिक ओखती भनेर दाबी गरिएका चीजबाट पनि टाढै रहनु राम्रो।

    अन्य कारण

    यदि तपाइँमा यौनइच्छाको कमी छ भने सम्भवतः तपाइँमा अन्य स्वास्थ्य समस्या भएको हुन सक्छ।

    यसबारे चिकित्सकसँग परामर्श लिनु जाती हुनेछ । बीबीसीबाट साभार

  • सम्बन्धित विषय:

  • # गुलियो खानेकुरा
  • # यौन क्षमता

  • बागलुङ पोस्ट

    सम्बन्धित समाचार