अनिष पाठक, बागलुङ : देउराली पञ्चेबाजा समुह टोकियो जापानले ढोरपाटनका बाढी पहिरो पीडितको लागि सहयोग गरेको छ । जापानमा गलकोट नगरपालिका वडा नम्बर ११ फलाटेका चन्द्र बहादुर
पुनको संयोजकत्वमा संकलन गरिएको ८४ हजार रकम नगर प्रमुख देब कुमार नेपालीलाई हस्तान्तरण गरिएको हो । पञ्चेबाजा समुहका १४ जनाबाट संकलन गरिएको उक्त रकम हस्तान्तरण हर्दै गलकोट नगरपालिका वडा नंं. ११ का वडा अध्यक्ष डम्बर बहादुर श्रीसले दुःखको बेला प्रवासीले गरेको सहयोग स्रर्हानिय भएको बताए ।
त्यस्तै ढोरपाटन नगरका नगर प्रमुख नेपालीले समुहले गरेको सहयोगले पुन निर्माण कोषमा थप सहयोग पुगेको बताउदै समुहलाई धन्यवाद समेत दिए । टोकियो जापानमा सन २०११ मा स्थापना भएको पञ्चेबाजा समुहले विभिन्न विपतको समयमा सहयोग गर्दै आएको समुहका सदस्य पुनले बताए ।
ढोरपाटनमा यहि भदौ १७ गते आएको बाढीपहिरोमा बेपत्ता भएका ३८ जनामध्ये २२ जनाको शव फेला परेको थियो भने एक जना सकुशल भेटिएका थिए । बाढीपहिरोका कारण ढोरपाटन नगरपालिकाको वडा नं ६, ७, ८ र ९ का १३० घरमा क्षति पुगेको तथ्याङ्क नगरपालिकासँग छ ।