मेष साङ्गितिक माहोलमा दिन बित्ने हुँदा मन प्रशन्न रहनेछ । राजनीति तथा समाजसेवामा गरिएको लगानीबाट राम्रै प्रतिफल प्राप्त हुनेछ । मान सम्मान तथा इज्जत प्रतिष्ठामा वृद्धि हुनेछ । नीति निर्माण तहमा तपार्ईँको सहभागिताले महत्त्वपूर्ण भूमिका खेल्नेछ । व्यापार व्यावसायमा प्रशस्त नाफा कमाउन सकिनेछ भने पढाइ लेखाइमा भनेजस्तो सफलता हुने हुँदा मन प्रशन्न रहनेछ ।
बृष समुदायको हक हितको निम्ति काम गर्ने अवसर आए पनि असजिला परिस्थितिको सामना गर्नुपर्नेछ । पढाइलेखाइमा ध्यान नजाँदा सफलता हात पार्न मुस्किल रहेको छ । व्यापार व्यावसायमा लगानी गरे पनि भनेजस्तो आम्दानी नहुँदा मन दुस्खी हुनेछ । माया प्रेममा अविश्वास बढ्नेछ भने जीवन साथीसँग सामान्य मनमुटाव सिर्जना हुनेछ । धार्मिक तथा शैक्षिक यात्राको प्रशस्त सम्भावना रहेको भए पनि बाटामा असहज परिस्थितिको सामना गर्नुपर्नेछ ।
मिथुन बिहानको समय राम्रो रहेकोले व्यापार व्यावासायबाट मनग्य आम्दानी हुनेछ । रमाइलो पारिवारिक यात्राको तय गर्न सकिनेछ भने यात्रासँग सम्वन्धीत कार्यहरु हुनेछन् । अध्ययनमा भनेजस्तो सफलता हात पार्न सकिनेछ भने खोजमूलक क्षेत्रमा रुचि बढ्नेछ । मध्यान्हबाट समय मध्ययम रहेकोले आर्थिक अवस्था कमजोर रहने हुनाले घर परिवारका आवश्यकताहरू पूरा गर्न गाह्रो पर्नेछ । भौतिक सम्पत्तिको प्रयोग गर्दा ख्याल गर्नुहोला ।
कर्कट प्रेम तथा मित्रताको वन्धन कसिलो हुनेछ भने दाम्पत्य जीवन सुखी रहनेछ । विभिन्न भौतिक वस्तु तथा विलाशी सामानको प्रयोगमार्फत अरुको मन आफूतिर आकर्षित गर्न सकिनेछ । अध्ययन तथा अध्यापनमा मन जाने हुनाले अग्र स्थानमा तपार्ईंको नाम आउनेछ । व्यापार व्यावसायबाट मनग्य आम्दानी गर्न सकिनेछ भने लामो दूरीको व्यावसायिक यात्रा हुनेछ । पढाइ लेखाइमा मनजाने हुनाले नतिजा हात पार्न सकिनेछ ।
सिंह बिहानको समय मध्ययम रहेकोले सवारी साधन तथा अन्य वस्तुहरुको प्रयोग गर्दा ख्याल गर्नुहोला नराम्रा घट्नाहरु घट्न सक्छ । प्रेममा एक अर्कालाई अविश्वास गर्दा मनमुटाव बढ्नेछ । मध्यान्हबाट समय मध्ययम रहेकोले राजनीति गर्नेहरुले सहकर्मीहरुलाई किनारा लगाउँदै पदप्रतिष्ठा पाउनेछन् । व्यापार व्यावसाय फस्टाएर जानेछ भने आर्थिक रूपमा सम्पन्न हुने योग रहेको छ ।
कन्या बौद्धिक कार्यमा सहभागी भई आफ्नो गतिलो प्रस्तुति पस्कने अवसर प्राप्त हुनेछ तर भनेजस्तो पारिश्रमिक पाइने छैन । विद्यामा सफलता पाउन निकै नै सङ्घर्ष गर्नुपर्ला । परिवार तथा सन्तानबाट तपार्ईंले गरेको काममा असहयोग हुनेछ । व्यापार व्यावसायमा लगानी नबढाउँदा राम्रो हुनेछ । माया प्रेममा विश्वासको वातावरण बढेर जानेछ । पेटसम्बन्धी समस्याले सताउनेछ हुँदा मानसिक तनाव बढ्नेछ ।
तुला बिहानको समय राम्रो रहेकोले छोटो दूरीको व्यावसायिक यात्राको तय गर्न सकिनेछ भने पराक्रम बढेर जाने हुनाले सहसिलो काम गर्ने आँट आउनेछ । माया प्रेममा नजिक हुने समय रहेको छ भने दाम्पत्य जीवन सुखी रहनेछ । मध्यान्हबाट समय मध्ययम रहेकोले खानपान तथा मसमको ख्याल गर्नुहोला छाती तथा श्वास प्रश्वास सम्बन्धी समस्या आउन सक्छ । अरूकै लहैलहैमा लागेर आफ्नो सस्कार भुल्दा पछि गएर पछुतो हुने छ ।
बृश्चिक दाजुभाइ तथा छिमेकीबाट सहयोग तथा उपाहार प्राप्तिको योग रहेको छ । आफन्त तथा मनपर्ने साथीका साथ छोटो, रमाइलो तथा अर्थपूर्ण यात्रा हुने हुनाले मन प्रशन्न रहनेछ । न्यायिक निर्णयहरु तपार्ईंकै पक्षमा हुनेछ भने शत्रु परास्त हुनेछन् । खोज तथा अनुसन्धानको क्षेत्रबाट सकारात्मक नतिजा निकाल्न प्रशस्त समय खर्चनुपर्नेछ । बिहानको समयमा भौतिक सम्पतीको प्रयोग गर्दा ध्यान दिनुहोला ।
धनु बिहानको समय राम्रो रहेकोले समयमा कामहरु सम्पन्न हुने तथा अरुको काम गरी नाम तथा दाम दुवै कमाउन सकिनेछ । व्यापार व्यावसायमा प्रशस्त नाफा कमाउन सकिनेछ भने लगानी गर्ने वातावरण बनाउन सकिनेछ । मध्यान्हबाट समय मध्ययम रहेकोले नराम्रा तथा अप्रिय समाचारमा मन खिन्न हुनेछ । वचन पूरा गर्न नसक्दा आफन्त तथा इष्टमित्रहरु तपार्ईंदेखि टाढिन सक्छन् ध्यान दिनुहोला ।
मकर आफूसँग भएका स्रोत साधनहरुलाई सही रुपमा परिचालन गरी आम्दानी बढाउन सकिनेछ । पुराना लगानीबाट भनेजस्तो प्रतिफल प्राप्त हुनेछ । पढाइ लेखाइमा मन जाने हुनाले राम्रो अङ्क ल्याई सफलता हात पार्न सकिनेछ । कुनै पनि विषयमा समयमा निर्णय लिन सक्दा मानसम्मानमा वृद्धि भएर जानेछ । प्रेममा आत्मीयताको भाव झल्कनेछ भने साथीभाइसँगै रहेर मीठो खाना खाने तथा रमाइले गर्ने अवसर जुर्नेछ ।
कुम्भ बिहानको समय राम्रो रहेकोले मायाप्रेमको बन्धन कसिलो हुनुको साथै दाम्पत्य जीवन सुखी रहनेछ । व्यापार व्यावसायबाट प्रशस्त आम्दानी हुनेछ । खनिज पदार्थसँग सम्बन्धित वस्तुहरु जस्तै धातु तथा पानीसँग सम्बन्धित वस्तुहरुको कारोबारबाट फइदा हुनेछ । दाजुभाइ तथा आफन्तजनबाट आर्थिक सहयोग प्राप्त हुनेछ । मध्यान्हबाट लामो दूरीको यात्रा हुनेछ भने विदेशमा बसेर काम गर्नेहरुका लागि समय फलदायी रहनेछ ।
मीन आफन्तजन तथा दाजुभाइबाट भनेजस्तो सहयोग पाइने हुँदा मन प्रशन्न रहनेछ । माया प्रेममा सामीप्यता बढेर जानेछ भने परिवार तथा सन्तानको प्रगतिमा मन प्रशन्न हुनेछ । व्यापार व्यावसायबाट मनग्य आम्दानी गर्न सकिनेछ । भौतिक सम्पत्ति तथा सवारी साधन प्राप्तिको गतिलो सम्भावना रहेको छ । विद्यामा प्रतिस्पर्धीहरुलार्ई किनारा लगाउँदै नतिजा आफैतिर ल्याउन सकिनेछ । प्राकृतिक स्रोत साधनको प्रयोगमार्फत मनग्य धन आर्जन गर्न सकिनेछ ।