ट्रम्पलाई राष्ट्रपतिबाट हटाउने प्रस्ताव अमेरिकाको तल्लो सदनबाट पारित

ट्रम्पलाई राष्ट्रपतिबाट हटाउने प्रस्ताव अमेरिकाको तल्लो सदनबाट पारित

  • पौष २९, २०७७ बुधवार
  • १४:५३:२३ बजे
  • 2.8K
    SHARES
  • ट्रम्पलाई राष्ट्रपतिबाट हटाउने प्रस्ताव अमेरिकाको तल्लो सदनबाट पारित

    काठमाडौं : अमेरिकी संसद्को तल्लो सदन हाउस अफ रिप्रिजिन्टेटिभ्सले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई पदबाट हटाएर उपराष्ट्रपतिलाई सक्रिय बनाउने प्रस्ताव पारित गरेको छ ।

     
    २५ औं संशोधनमार्फत् ट्रम्पलाई हटाउन लागिएको हो । यसअघि उपराष्ट्रपति माइक पेन्सले २५ औं संशोधनतमार्फत् ट्रम्पलाई हटाउने कुनै योजना नरहेको बताएका थिए । यससँगै तल्लो सदनकी सभामुख नेन्सी पेलोसीले ट्रम्पलाई उपराष्ट्रपतिले नहटाए महाभियोग लगाएर हटाउने बताएकी थिइन् । यससँगै तल्लो संसद्मा ट्रम्पविरुद्ध दोस्रोपटक महाभियोगको प्रस्ताव पेश गरिएको थियो ।

    ट्रम्पलाई महाभियोग लगाउने प्रस्तावबारे तीव्र गतिमा काम भइरहेको समयमा तल्लो सदनले राष्ट्रपति ट्रम्पलाई हटाउने प्रस्ताव पारित गरेको हो । 

    बुधबार तल्लो सदनमा राष्ट्रपतिमाथि महाभियोगबारे पनि मतदान हुनेछ । गत साता अमेरिकाको संसद् भवनमा हिंसात्मक प्रदर्शनको लागि मानिसहरुलाई भड्काएको आरोपमा उनीमाथि महाभियोग प्रस्ताव दर्ता गरिएको हो ।

    यसअघि डेमोक्रेटिक पार्टीका नेताहरुले उपराष्ट्रपति माइक पेन्सलाई २५ औं संशोधनअनुसार आफ्नो अधिकार प्रयोग गरी ट्रम्पलाई पदबाट हटाउन आग्रह गरेका थिए । 

    अमेरिकाको तल्लो सदनमा ट्रम्पलाई हटाउँदै उपराष्ट्रपति पेन्सलाई सक्रिय बनाउने विषयमा

    मतदान हुनुभन्दा केही समयअघि पेन्सले तल्लो सदनलाई पत्र पठाउँदै यो योजनामा आफू सहमत नरहेको बताएका थिए ।

    सम्बन्धित समाचार