उमेरमै जन्माउनोस् बच्चा, नत्र आउन सक्छ यस्तो समस्या

उमेरमै जन्माउनोस् बच्चा, नत्र आउन सक्छ यस्तो समस्या

  • माघ ३, २०७७ शनिवार
  • ०७:३०:२० बजे
  • 5.7K
    SHARES
  • उमेरमै जन्माउनोस् बच्चा, नत्र आउन सक्छ यस्तो समस्या

    काठमाडौँ : हालै सार्वजनिक भएको अध्ययन अनुसार हजारौँ महिलाहरुले सन्तान जन्माउन ढिलाई गर्ने क्रम बढ्दो छ । ब्रिटिश प्रिगनेन्सी एडभाइजरी

    सर्भिसले तयार गरेको सो अध्ययन अनुसार दुई तिहाई महिलाहरुलाई करिअर बनाउनैपर्ने दबाब र पारिवारिक कारणले गर्भधारण गर्ने उपयुक्त साइत नै जुरेको छैन ।

    करिअर, अध्ययन, आदिका कारण धेरैजसो महिलाहरु ढिलो सन्तान जन्माउने गरिहिरहेकै बेला विज्ञहरुले महिला उर्वरत्व जोगाउने विषयमा केही टिप्स दिएका छन् ।

    यौनजन्य रोगहरुः महिलाको उर्वरता सम्बन्धी एक तिहाई समस्या यौनजन्य समस्याबाट हुने गरेको छ । यौनजन्य संक्रमणपछि कुनै पनि ब्याक्टेरिया बाहिर नदेखिने गरी गुप्तांगभित्र लुकेको हुन्छ ।

    समयमै उपचार गरिएन भने यसले महिलाको अन्डालाई अन्डासयबाट पाठेघरसम्म पुयाउने ट्युबलाई रोकिदिन्छ । तसर्थ, आफ्नो श्रीमानसँग मात्र यौन सम्पर्क गर्दा पनि

    यौन जन्य रोग लाग्ने भएकोले महिलाले कुनै शंका लाग्नासाथ परीक्षण गर्नुपछ । नियमित परीक्षण गर्नुभयो भने तपाईंको समस्या थप जटिल हुने न्यून सम्भावना हुन्छ ।

    धुम्रपानः धुमपानकै कारण संसारमा १३ प्रतिशत महिला निःसन्तान र साबिक भन्दा १० वर्ष बुढा देखिएका छन् । किशोरी अवस्थामा चुरोट

    पिउदा सन्तान जन्माउने समयमा के नै असर पर्ला भन्ने भ्रम पनि हुन सक्छ । धुमपान नगर्नेको तुलनामा धुमपान गर्ने महिलामा ३० प्रतिशत बढी निःसन्तान

    हुने समस्या हुन्छ । गर्भवती बन्न नै उनीहरुलाई ३ वर्ष बढी समय लाग्छ । धुमपानले अन्डाशयको काममा नकारात्मक असर पर्छ ।

    धुमपानको अशरले महिला अन्डा निस्काशन गर्न बाधा पुर्‍याउनका साथै पाठेघरभित्र बच्चालाई सुरक्षित साथ राख्ने पत्र पातलो हुँदै जान्छ । त्यस्तै धुमपान गर्ने महिलाहरुको

    मासिक धर्म अन्यको तुलनामा तीन वर्षअघि नै बन्द हुन्छ । अकुपन्चरबारे सोच्नुहोसः अकुपन्चरको शरीरमा नियन्त्रणात्मक प्रभाव हुन्छ र

    महिला उर्वरतालाई पनि संरक्षण गर्छ । यसले आइभीएफ गर्न, महिलाको अन्डासयबाट अन्डा निस्काशन हुने प्रक्रिया सहज गर्ने र मासिक धर्मका बेला

    हुने पिडा न्यून गर्ने विभिन्न अध्ययनले देखाएको छ । अकुपन्चरले मानिसलाई खुसी बनाउने दिमागको न्युरो केमिकल निस्काशन गर्न पनि सहयोग पुर्‍याउँछ । 

  • सम्बन्धित विषय:

  • # बच्चा

  • बागलुङ पोस्ट

    सम्बन्धित समाचार