ईश्वर सुवेदी
नेपाली काँग्रेस गलकोट नगरसमितिको आयोजनामा गलकोटमा प्रतिनिधि सभा विघटन विरुद्ध विरोध सभा सम्पन्न भएको छ ।
नेपाली काँग्रेसको केन्द्रीय कार्यक्रम अनुसार देशव्यापी रुपमा ७ सय ५३ वटै स्थानिय तहमा विरोध सभा अन्तर्गत गलकोटमा पनि विरोध सभा सम्पन्न भएको हो । गलकोट नगरपालिका—३ हटिया शिवालयबाट सुरु भएको र्यालीले हटिया बजार परिक्रमा गरी पुनः शिवालयमा कोण सभामा परिणत भएको थियो ।
सरकारको संसद विघटनको असंवैधानिक कदम विरुद्ध आयोजित विरोध प्रर्दशन कार्यक्रममा बोल्दै नेपाली काँग्रेस गण्डकी प्रदेश संसदीय दलका प्रमुख सचेतक मणिभद्र शर्मा कँडेलले कम्युनिष्ट शासन व्यवस्था खराब व्यवस्था भएको बताए ।
उनले कम्युनिष्ट शासन व्यवस्थाले देशलाई सम्मुन्नत विकास तर्फ अगाडि बढाउने नसक्ने भन्दै जनताको भावनाको कदर गर्न काग्रेसले नेतृत्व गर्नुपर्ने अवस्था आएको बताए । शर्माले पार्टीको गुटगत अन्तर संघर्षका कारण प्रतिनिधि सभा विघटन भएकोले उक्त विषय अदालतमा रहेको हुँदा अदालतको निर्णयलाई आत्मसाथ गर्ने बताए । अदालतको निर्णयलाई कार्यन्वयन गर्दै राजनीतिलाई मुल प्रवाहमा ल्याउने जिम्मेवारी नेपाली काग्रेसको रहेको समेत बताए ।
शर्माले कम्युनिष्टहरुले नक्कली र झुटा आश्वासन दिन्छन भन्ने थाहा पाई आफ्ना आस्था र विचारलाई बचाएर राख्ने सम्पुर्णलाई धन्यवाद समेत व्यक्त गरे । साथै उनले विभिन्न आस्था त्यागेर काङ्ग्रेसमा प्रवेश गरेका कार्यकर्तालाई नेपाली काङ्ग्रेसको साधारण सदस्यता प्रदान गरेका थिए ।
नेपाली काँग्रेसका जिल्ला सल्लाहकार तथा गलकोट नगरपालिकाका नगरप्रमुख भरत शर्मा गैरेले संविधानमा नभएको अधिकार वर्तमान सरकारले प्रयोग गर्नु दुखद रहेको बताउँदै प्रतिनिधि सभाको विघटन गैरन्यायिक, गैर चरित्र अनुसार भएको बताए ।
उनले नेपालको सार्वभौमसत्ता जनतामा निहित रहेको बताउदै जुन सुकै कुराको फैसला नेपाली जनताले गर्ने बताए । गैरेले जनताले चाहेमा सडकबाट सदन पुनस्थापना गरेका इतिहास सम्झदै आवश्यक परेमा नेपाली जनता र नेपाली काँग्रेसले वर्तमान असंवैधानिक कदमलाई उल्टाएर संविधान कार्यान्वयन गर्न सक्ने बताए ।
नेपाल महिला संघका केन्द्रिय सदस्य तथा गलकोट नगरपालिकाका नगर उपप्रमुख रेनुका काउचाले नेपाली काँग्रेसले सरकारलाई सहयोग गर्दा गर्दै पनि पार्टी भित्रको विवादका कारण दुई तिहाईको कम्युनिष्ट सरकारको असंवैधानिक गतिविधि कसैलाई पनि मान्य नहुने बताउदै त्यसको विरोध नेपाली कागे्रसले गर्नुपरेको बताईन् ।
कार्यक्रममा निर्वाचन क्षेत्र नं २ महाधिवेशन प्रतिनिधि यामबहादुर श्रीस, मञ्जु शर्मा चालिसे, जिल्ला सदस्य मुकुन्दसिंह भण्डारी, जिल्ला दलित विभाग प्रमुख रामप्रसाद विक, नेपाल शिक्षक संघका केन्द्रिय प्रतिनिधि देवेन्द्र बहादुर खत्री, नेपाली काँग्रेस बागलुङ क्षेत्र नं २ का पूर्व क्षेत्रिय सभापति घनश्याम गौतम, नेपाल विद्यार्थी संघ जिल्ला सदस्य मन बहादुर खत्री, नव प्रवेसी शेरबहादुर भन्डारी, हरी नेपाली, धर्मराज शर्मा लगायतले मन्तव्य व्यक्त गरेका थिए ।
कार्यक्रम नेपाली काँग्रेस गलकोट नगर सभापति नारायणध्वज मल्ल अध्यक्षता उपसभापति यज्ञप्रसाद सापकोटाकोे स्वागत तथा नेपाली काँग्रेस गलकोट नगरपालिकाका सचिव विरजंग भण्डारीको सञ्चालनमा सम्पन्न भएको थियो ।