सरकारद्वारा संसद विघटन गर्न सिफारिस

सरकारद्वारा संसद विघटन गर्न सिफारिस

  • पौष ५, २०७७ आइतवार
  • १०:५४:४३ बजे
  • 4.1K
    SHARES
  • सरकारद्वारा संसद विघटन गर्न सिफारिस

    काठमाडौँ — मन्त्रिपरिषद्को आकस्मिक

     बैठकले संसद् विघटनका लागि सिफारिस गर्ने प्रस्ताव गरेको छ ।

     बैठकले संसद् विघटनका

    लागि राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको ऊर्जामन्त्री वर्षमान पुनले जानकारी दिए ।

    प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार बिहान मन्त्रिपरिषद्को आकस्मिक बैठक बोलाएका थिए ।यसअघि मन्त्रीहरुलाई समेत जानकारी नदिई सरकारले मंगलबार संवैधानिक परिषद्सम्बन्धी अध्यादेश जारी गरेको थियो ।

    तर, नेकपाको बुधबारको स्थायी कमिटी बैठकले अध्यादेश फिर्ता लिने निर्णय गरेको थियो ।

    प्रधानमन्त्री ओली अध्यादेश फिर्ता लिन सहमत भएपछि संसद्को विशेष अधिवेशन माग गर्न राष्ट्रपति कार्यालय

    शीतल निवास पुगेका नेकपा सांसदहरु निवेदन दर्ता नगरी फिर्ता भएका थिए । तर प्रधानमन्त्री ओलीले पार्टी निर्णयलाई चुनौती दिएको भन्दै विवाद थप

    तनाबपूर्ण बनेको छ । ईकान्तिपुरबाट 

  • सम्बन्धित विषय:

  • # संसद विघटन
  • # सिफारिस

  • बागलुङ पोस्ट

    सम्बन्धित समाचार