भीम रावललाई कार्बाही गर्न ओली समूहको सिफारिस, आर्थिक हिनामिना गरेको आरोप

भीम रावललाई कार्बाही गर्न ओली समूहको सिफारिस, आर्थिक हिनामिना गरेको आरोप

  • पौष २३, २०७७ बिहिवार
  • १०:०६:२० बजे
  • 3.6K
    SHARES
  • भीम रावललाई कार्बाही गर्न ओली समूहको सिफारिस, आर्थिक हिनामिना गरेको आरोप

    धनगढी : नेकपा ओली समूह सुदूरपश्चिम कमिटीले नेता भीम रावललाई कार्बाही गर्न पार्टी केन्द्रलाई सिफारिस गरेको छ । 

    ओली समूहको सुदूरपश्चिम प्रदेश कमिटीको बैठकले रावललाई कार्बाही गर्न सिफारिस गरेको हो । प्रदेश इन्चार्ज लेखराज भट्टका अनुसार, रावलले आर्थिक हिनामिना गरेकाले कार्बाही गर्न सिफारिस गरिएको छ । 

    भट्टले भने, ‘उहाँलाई हामीले कार्बाही गर्न मिल्दैन, त्यसैले पार्टी केन्द्रलाई सिफारिस गरेका छौं ।’ 

    नेकपा विभाजन अगाडि रावल सुदूरपश्चिम प्रदेश इन्चार्ज थिए । तर, ओली समूहले रावललाई हटाएर आफ्नो समूहका नेता भट्टलाई इन्चार्ज तोकेको छ । 

    उद्योग मन्त्री भट्टले इन्चार्जको भूमिका पाएपछि बसेको पहिलो बैठकले रावललाई कार्बाहीको सिफारिस गर्ने निर्णय गरेको हो । ओली समूहले रावलको इन्चार्जको जिम्मेवारी खोसे पनि अझै केन्द्रीय कमिटी सदस्यबाट हटाएको छैन ।

    नेकपा प्रचण्ड–माधव समूहको सुदूरपश्चिम इन्चार्ज रावलले भने वैधानिक नेकपा आफूहरु भएकाले पार्टी कोषबारे सोधखोज गर्ने अधिकार अर्को समूहलाई नभएको बताउँदै आएका छन् । ओली समूह प्रदेश बैठकले प्रदेश कमिटी समेत बिस्तार गरेको छ । 

    यो समूहले सुदूरपश्चिम प्रदेश कमिटी ५५१ सदस्यीय बनाएको छ ।

  • सम्बन्धित विषय:

  • # भीम रावल
  • # सिफारिस
  • # कार्बाही

  • बागलुङ पोस्ट

    सम्बन्धित समाचार