संसद बैठकमा भीम रावलले गरे हंगामा, प्रचण्ड–नेपाल पक्षद्वारा बहिष्कार !

संसद बैठकमा भीम रावलले गरे हंगामा, प्रचण्ड–नेपाल पक्षद्वारा बहिष्कार !

  • फाल्गुण २३, २०७७ आइतवार
  • १९:३१:०६ बजे
  • 4.3K
    SHARES
  • संसद बैठकमा भीम रावलले गरे हंगामा, प्रचण्ड–नेपाल पक्षद्वारा बहिष्कार !

    काठमाडौं : प्रतिनिधिसभा पुनःस्थापनापछि बसेको पहिलो बैठक प्रचण्ड–नेपाल पक्षले बहिष्कार गरेको छ ।आईतबारको प्रतिनिधिसभा बैठकमा सरकारले संसद नभएका बेला ल्याएका अध्यादेशहरू पेश गर्ने कार्यसूची राखेको विरोधमा बैठक बहिष्कार गरिएको हो ।

    बैठकको सुरूमै प्रचण्ड–नेपाल पक्षका सांसद भीम रावलले प्रतिनिधि सभामा शोक प्रस्ताव पारित गर्ने दिन कार्यसूचीमा अन्य विषय नराखिने प्रचलन भएको भन्दै अध्यादेश पेश गर्ने कार्यसूची राखेकामा विरोध जनाएपछि हंगामा सुरू भएको थियो ।

    सभामुख अग्निप्रसाद सापकोटाले सरकारले ल्याएका अध्यादेश संसद बैठक सुरू भएकै दिन पेश गर्नुपर्ने कानूनी बाध्यता रहेकाले अध्यादेशलाई कार्यसूचीमा राखिएको प्रस्टीकरण दिएका थिए । तर भीम रावलले आफूहरूको विरोध रहेको जवाफ फर्काए ।

    सभामुख सापकोटाले विरोध रहे पनि संसद बैठक अघि बढाउने बताएपछि प्रचण्ड–नेपाल पक्षका सांसद बैठक बहिष्कार गरेर हलबाट बाहिरिएका छन् । 

    याे पनि पढ्नुहाेस्

    संवैधानिक परिषदसम्बन्धी अध्यादेशको विरोधमा कांग्रेसद्वारा संसदमा नाराबाजी

    सरकारले संवैधानिक परिषदसम्बन्धी अध्यादेश ल्याएको विरोधमा नेपाली कांग्रेसले संसदको रोस्टम घेराउ गरेको छ । कांग्रेस संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाँडले संवैधानिक परिषदसम्बन्धी सरकारले ल्याएको अध्यादेश संवैधानिक परिषदको मान्यताको प्रतिकुल रहेको भन्दै त्यसलाई फिर्ता लिन माग गरेका छन् ।

    तर सभामुख अग्निप्रसाद सापकोटाले कानुन न्याय तथा संसदीय मामिलामन्त्री लीलानाथ श्रेष्ठलाई अध्यादेश पेश गर्न अनुमति दिएपछि कांग्रेसले रोष्टम घेराउ गरेर नाराबाजी सुरु गरेको हो ।

  • सम्बन्धित विषय:

  • # भीम रावल

  • बागलुङ पोस्ट

    सम्बन्धित समाचार