भीम रावलले दिए सांसदबाट राजीनामा

भीम रावलले दिए सांसदबाट राजीनामा

  • श्रावण ३, २०७८ आइतवार
  • १६:५२:०७ बजे
  • 2.4K
    SHARES
  • भीम रावलले दिए सांसदबाट राजीनामा

    काठमाडौं : नेकपा एमालेका उपाध्यक्ष भीम रावलले सांसद पदबाट राजीनामाको घोषणा गरेका छन् ।

    अछाम क्षेत्र नम्बर १ बाट निर्वाचित भएका उनले आइतबार सिंहदरबारमा भएको माधव नेपालपक्षका सांसदहरुको भेलामा उनले राजीनामा दिएको घोषणा गरेका हुन् ।

     

    नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले धारा ७६ (५) अनुसार प्रधानमन्त्रीमा दावी पेश गर्दा भीम रावलसहित एमालेका २६ सांसदले समर्थन गरेका थिए ।

    सर्वोच्च अदालतको आदेशमा देउवा प्रधानमन्त्री नियुक्त भएर विश्वासको मत लिने दिन रावलले राजीनामाको घोषणा गरेका हुन् ।

    रावलले उच्च राजनीतिक तहमा अनैतिक राजनीतिक गतिविधि देखिएको भन्दै आफू देश र जनविरोधी राजनीतिको मतियार नहुने बताए । ‘‘तसर्थ देश र जनविरोधी राजनीतिको मतियार हुनुभन्दा त्यस दूषित खेलबाट आफूलाई अलग गर्दछु’ उनले पत्रकारहरुमाझ भने ।

  • सम्बन्धित विषय:

  • # भीम रावल
  • # राजीनामा

  • बागलुङ पोस्ट

    सम्बन्धित समाचार