नेकपा विभाजनलाई निर्वाचन आयोगले मान्यता दिएन

नेकपा विभाजनलाई निर्वाचन आयोगले मान्यता दिएन

  • माघ १२, २०७७ सोमवार
  • ०७:२६:४० बजे
  • 3.4K
    SHARES
  • नेकपा विभाजनलाई निर्वाचन आयोगले मान्यता दिएन

    काठमाडौं : निर्वाचन आयोगले सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का दुबै समूहले गरेको छुट्टाछुट्टै निर्णयलाई मान्यता नदिने भएको छ ।

    आइतबार बसेको आयोगको बैठकले दुबैको दाबी नपुगेको निष्कर्ष निकालेको हो । ‘प्रचण्ड-माधवजी र ओलीजीहरूले आफू खुशी गरेको निर्णयलाई मान्यता नदिने निर्णय गर्‍यौं ।’

    एक आयुक्त भन्छन्, ‘दुबै समूहले विवरण संशोधन गर्न गरेको दाबी विधान सम्मत देखिएन ।’प्रचण्डमाधव समूहले केपी शर्मा ओलीलाई पार्टी अध्यक्षबाट हटाएर माधवकुमार नेपाललाई अध्यक्ष बनाउने निर्णय गरेको छ ।

    ओली समूहले केन्द्रीय सदस्य थप गरेको जनाएको थियो । यसअघि निर्वाचन आयोगले नेकपाका दुबै समूहलाई आफ्नो दाबी सच्याएर प्रस्तुत गर्न सात दिने म्यादसहित पत्राचार गरेको थियो ।

  • सम्बन्धित विषय:

  • # निर्वाचन आयोग
  • # नेकपा विभाजन

  • बागलुङ पोस्ट

    सम्बन्धित समाचार