नेकपाको दुबै पक्षसंग छलफल गर्दै निर्वाचन आयोग

नेकपाको दुबै पक्षसंग छलफल गर्दै निर्वाचन आयोग

  • माघ १६, २०७७ शुक्रवार
  • ०९:२३:१५ बजे
  • 3.4K
    SHARES
  • नेकपाको दुबै पक्षसंग छलफल गर्दै निर्वाचन आयोग
    फाइल तस्बिर

    काठमाडौं : निर्वाचन आयोगले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का दुबै पक्षसँग आज छलफल गर्दैछ ।

    केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई छुट्टाछुट्टै पत्र लेखेर आयोगले छलफलका लागि बहादुर भवनस्थित कार्यालयमा बोलाएको हो ।


    आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले निर्वाचनसम्बन्धी छलफल गर्न आज बिहान ११ बजे दुवै अध्यक्ष र अध्यक्षले तोकेका आधिकारिक व्यक्ति गरी ५र५ जनालाई बोलाइएको जानकारी दिए ।

    आयोगले पठाएको पत्रमा नेकपाको आधिकारिकता सम्बन्धी विवादबारे छलफल गर्ने भनिएको छैन । तर अहिले नेकपा विवादको सन्दर्भ भएकाले त्यस विषयमा पनि छलफल हुने आयोग स्रोतले बतायो ।

    यसअघि नेकपाका दुबै पक्षले आफूलाई आधिकारिक दावी गर्दै आयोगमा निवेदन दिएका थिए । तर ती निवेदनमा दुबै पक्षको दावी नपुग्ने निर्णय आयोगले गरेको थियो ।

  • सम्बन्धित विषय:

  • # निर्वाचन आयोग
  • # दुबै पक्षसंग

  • बागलुङ पोस्ट

    सम्बन्धित समाचार