यस्तो छ, आज २०७७ माघ १८ गते आइतबारको तपाईको

यस्तो छ, आज २०७७ माघ १८ गते आइतबारको तपाईको

  • माघ १८, २०७७ आइतवार
  • ०७:२९:५१ बजे
  • 3.0K
    SHARES
  • यस्तो छ, आज २०७७ माघ १८ गते आइतबारको तपाईको

    मेष चू, चे, चो, ला, लि, लु, ले, लो, अ भौतिक वस्तुहरुको प्रयोग गर्न पाइने तथा आकस्मिक धन सम्पत्ति प्राप्त हुने हुँदा सुख सागरमा रमाउने समय रहेको छ । शिक्षामा सुधार भई विगतका कमजोरीलाई सच्याउँदै चाहेको गन्तव्य पहिल्याउन सहज हुनेछ । छुट्टिएका माया प्रेमहरु पुनस् जोडिने अधिक सम्भावना रहेको छ भने नयाँ प्रेम प्रस्ताव आउनेछ । वित्तीय क्षेत्रसँग सम्बन्धित पेसा व्यावसायबाट मनग्य धन कमाउन सकिनेछ । 

    बृष ई, ऊ, ए, ओ, वा, वी, वु, वे, वो समाज सेवामा समय व्यातित हुनेछ भने आफ्नो काम थाँती रहनेछ । कृषि तथा पशुपालनमा गरिएको लगानीबाट मनग्य आम्दानी हुनेछ । अध्ययन तथा अनुसन्धानबाट सकारात्मक नतिजा हात लाग्नेछ । आमा वा आमा सरहका मानिससँग अलग्गिएर लामो यात्रा गर्नु पर्दा मनमा खिन्नता पैदा हुनेछ । माया प्रेममा सामीप्यता बढेर जानेछ भने पतिपत्नी बीचको सम्बन्धमा थप बिश्वास थपिनेछ । आफन्त तथा सन्तानले प्रगति गरी तपाईंलाई सम्झनेछन् ।

    मिथुन का, की, कु, घ, ङ, छ, के, को, हा विवादित विषयहरुको निर्णय तपाईंकै पक्षमा आउने हुनाले मन प्रसन्न हुनेछ । व्यापार तथा उद्योगमा लगानी गरी रोजगारका अवसर सिर्जना गर्न सकिनेछ । माया प्रेममा सामीप्यता बढेर जाने तथा छोटो दूरीको यात्राको तय गर्न सकिनेछ । दाजुभाइ तथा छिमेकीसँग गरिने कुनै पनि पेसा व्यावसाय फस्टाएर जानेछ । पढाइमा मन जाने तथा लेखन कलाको विकाश हुनेछ ।

    कर्कट ही, हु, हे, हो, डा, डी, डु, डे, डो सामाजिक काम गरी नाम तथा दाम कमाउन सकिनेछ भने समाजमा सम्मानित हुने योग रहेको छ । पठनपाठनमा मन जाने हुनाले स्कुल तथा कलेजमा तपाईंको नाम अग्र स्थानमा आउनेछ ।  शुभ समाचारले मनमा थप उत्साह जगाउनेछ भने नयाँ काम थालनी गर्दा भविष्यमा मनग्य धन लाभ हुनेछ । प्रेममा रमाउन चाहनेहरुले भरपूर रमाइलो गर्न सक्नेछन् ।  

    सिंह मा, मी, मू, मे, मो, टा, टी, टु, टे शुभचिन्तकको सहयोगले चिताएको कामहरु सम्पादन हुनेछन् । पढाइलेखाइमा मनजाने हुनाले चाहेजस्तो नतिजा ल्याउन सकिनेछ । राजनीति तथा समाज सेवामा समय दिनेहरुले जनताको पक्षमा काम गर्न सक्दा मानसम्मान तथा इज्जत प्रतिष्ठामा वृद्धि भएर जानेछ । व्यापार व्यावसाय फस्टाएर जाने हुनाले आर्थिक स्थिति सुदृड हुनेछ । माया प्रेममा सामीप्यता बढेर जानेछ ।
     
    कन्या टो, पा, पी, पू, ष, ण, ठ, पे, पो स्वास्थ्यमा गडबड आई दैनिक कामकाज बिग्रने खतरा रहेको छ सचेत रहनुहोला । व्यापारमा लगानी गर्न केही समय पर्खनु राम्रो रहेको छ । तर पनि विदेशमा उत्पादित सामानहरुको व्यापार फस्टाएर जानेछ । पढाइलेखाइमा मन नजाने तथा अल्छी गर्नाले नतिजा बिग्रनेछ । प्रेममा एकअर्कालाई अविश्वास गर्नाले तथा नचाहँदा नचाहँदै टाढिनुपर्दा मनमा नरमाइलो लाग्नेछ ।

    तुला रा, री, रु, रे, रो, ता, ती, तू, ते माया प्रेममा सामीप्यता बढेर जानेछ भने पतिपत्नीबीच विश्वासको वातावरण बढेर जानेछ । नयाँ कामहरु गरेर आम्दानीका स्रोतहरु बढाउन सकिनेछ । दाजुभाइ वा अग्रजहरुको सुझाव तथा सल्लाह मानेर अगाडि बढ्दा सफलता पाउन सकिनेछ । बिद्यामा राम्रो प्रगति हुनाले पढाइ लेखाइमा मन जानेछ । विभिन्न अवसरहरुले पछ्याउने हुँदा राम्रा परिणाममुखी काम गर्न सकिनेछ । 

    बृश्चिक तो, ना, नी, नू, ने, नो, या, यी, यू गीत सङ्गीतमा विशेष रुचि बढ्नेछ भने विद्यामा तपाईं अब्बल सावित हुनुहुनेछ । शत्रु परास्त हुनेछन् । पारिवारिक जमघटमा सहभागी भई मिष्ठान्न भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ । राजनीति तथा समाज सेवामा जनताको गतिलो समर्थन प्राप्त हुने हुनाले मान सम्मान तथा इज्जत प्रतिष्ठामा विद्धि भएर जानेछ । व्यापार व्यावसायमा प्रशस्त आम्दानी हुनेछ । 

    धनु ये, यो, भा, भी, भू, ध, फा, ढा, भे लामो दूरीको धार्मिक तथा शैक्षिक यात्रा गर्न सकिनेछ भने यात्राका क्रममा महत्त्वपूर्ण व्याक्तिहरुसँग भेटघाट हुनेछ । व्यापार व्यावसायमा लगानी गरी प्रशस्त आम्दानी गर्न सकिनेछ भने तपाईंको काममा आफन्त तथा शुभचिन्तक हरुको सहयोग रहनेछ । माया प्रेमको गाँठो कसिलो भएर जाने तथा जीवनसाथीको सहयोगले राम्रा कामह सम्पादन हुनेछन् । 

    मकर भो, जा, जी, जू, जे, जो, ख, खी, खू, खे, खो, गा, गी ऋण, रोग तथा सङ्कटको सामना गर्नुपर्नेछ भने यही बेलामा आयस्रोतका बाटाहरु साँघुरा हुनेछन् । व्यापार व्यावसायमा समय दिन नसक्दा घाटा लाग्ने योग रहेको छ । खानपानमा विशेष ध्यान दिनुहोला स्वास्थ्यसम्बन्धी समस्याले सताउन सक्छ । प्रेम प्रसङ्गमा रमाउन चाहनेहरुका लागि समयले साथ दिनेछैन । पढाइलेखाइमा समय दिन नसक्दा अरुभन्दा पछि परिनेछ । 

    कुम्भ गू, गे, गो, सा, सी, सू, से, सो, दा इमानदारपूर्वक गरिएको प्रयत्नले लक्ष्य पहिल्याउन सहज हुनेछ । टिम निर्माण गरी काम गर्दा भनेजस्तो आम्दानी गर्न सकिनेछ भने विभिन्न भौतिक सम्पत्ति जोड्न सकिनेछ । व्यापार व्यावसायमा देखिएका असहज परिवेशलाई भत्काउँदै थप लगानी गरी विलाशी वस्तुहरुको उपभोग गर्न पाइनेछ । पढाइलेखाइमा भनेजस्तो सफलता हात लाग्ने हुँदा आफू तथा शुभचिन्तकहरु खुशी रहनेछन् । 

    मीन दी, दू, थ, झ, ञ, दे, दो, चा, ची विद्या तथा प्रतिस्पर्धामा प्रतिस्पर्धीहरुलाई किनारा लगाउँदै नतिजा आफ्नो पोल्टोमा पार्न सकिनेछ । व्यापार व्यावसायमा प्रशस्त आम्दानी हुनेछ । पुराना ऋण, रोग तथा शत्रुबाट छुट्करा पाइने  हुनाले मन प्रशन्न हुनेछ । आफन्त तथा मावली पक्षबाट हरेक क्षेत्रमा सहयोग तथा समर्थन पाइने योग रहेको छ । शत्रु परास्त हुनेछन् भने न्यायालयबाट हुने न्यायिक निर्णयहरु तपाईंकै पक्षमा हुने हुनाले खुसीले उचाइ नाघ्नेछ ।

  • सम्बन्धित विषय:

  • # राशिफल

  • बागलुङ पोस्ट

    सम्बन्धित समाचार