प्रचण्ड माधव पक्ष नेकपाको बैठक सर्यो

प्रचण्ड माधव पक्ष नेकपाको बैठक सर्यो

  • माघ १९, २०७७ सोमवार
  • ११:४७:२१ बजे
  • 3.4K
    SHARES
  • प्रचण्ड माधव पक्ष नेकपाको बैठक सर्यो

    काठमाडौं : नेकपा (प्रचण्ड–माधव समूह)को केन्द्रीय समितिको बैठक सरेको छ । आज बिहान ११ बजे बस्ने तय भएको बैठक दिउँसो १ बजेसम्मका लागि सारिएको केन्द्रीय कार्यालय पेरिसडाँडाका सचिव श्रीराम ढकालले जानकारी दिए ।

    बैठकमा समसामयिक विषयमा छलफल हुने नेताहरु बताउँछन् ।  प्रचण्ड–माधव समूह गत पुस ५ गते विघटित संसद् पुनःस्थापना हुनुपर्ने र निर्वाचन आयोगले आफ्नो समूहलाई वैधानिकता दिनुपर्ने अडानमा छ । संसद विघटनको विरोधमा उसले देशभर आन्दोलनका कार्यक्रम गर्दै आएको छ ।

    बुटवल, विराटनगर र धनगढीमा प्रदेशस्तरीय विरोधसभा गरिसकेको यो समूहले माघ २८ गते काठमाडौंमा फेरि विरोधसभा गर्ने तयारी गरेको छ ।

    यसअघि पुस ७–९ मा बसेको प्रचण्ड–माधव समूहको केन्द्रीय समिति बैठक बसेको थियो । त्यसलगत्तै बसेको स्थायी कमिटी बैठकले प्रधानमन्त्रीसमेत रहेका नेकपा अध्यक्ष केपी शर्मा ओलीलाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी हटाउने निर्णय गरेको थियो ।

  • सम्बन्धित विषय:

  • # प्रचण्ड माधव

  • बागलुङ पोस्ट

    सम्बन्धित समाचार