मिलेर जाने प्रचण्ड-माधवको प्रस्तावमा देउवाले भने-पार्टीमा छलफल गर्छु

मिलेर जाने प्रचण्ड-माधवको प्रस्तावमा देउवाले भने-पार्टीमा छलफल गर्छु

  • फाल्गुण १२, २०७७ बुधवार
  • १४:२५:०८ बजे
  • 4.8K
    SHARES
  • मिलेर जाने प्रचण्ड-माधवको प्रस्तावमा देउवाले भने-पार्टीमा छलफल गर्छु

    काठमाडौं : प्रतिनिधिसभा पुनःस्थापनापछि बिजयको खुशीयाली मनाइरहेका विभाजित नेकपाका अध्यक्षद्वय प्रचण्ड र माधवकुमार नेपालले कांग्रेस सभापति शेरबहादुर देउवालाई मिलेर नयाँ सरकार गठनको प्रक्रियामा जान प्रस्ताव गरेका छन् ।

    चितवनको आमसभामा सहभागी नभई सीधै काठमाडौं आएका प्रचण्ड र नेपालले देउवालाई बूढानीलकण्ठस्थित निवासमै भेटेर मिल्ने प्रस्ताव राखेका हुन् । देउवाले भने पार्टीमा छलफल गरेर जवाफ दिने बताएका छन् । वार्तामा सहभागी एक नेताका अनुसार देउवाले

    बिहीबार पार्टीमा छलफल गर्ने बताएका छन् । प्रतिनिधिसभा विघटनपछिको अबको रणनीतिबारे छलफल गर्न देउवाले बिहीबार पदाधिकारी बैठक बोलाएका छन् । बैठकमा छलफलपछि प्रचण्ड-माधवको प्रस्तावबारे धारणा आउने कांग्रेसले जनाएको छ ।

    आज दुवै पक्षका नेताहरु व्यस्त रहेकाले भेटघाट छोटो समय चलेको थियो । प्रचण्ड-माधव पक्षको स्थायी कमिटी बैठक र देउवा महेन्द्रनारायण निधि स्मृति प्रतिष्ठानको कार्यक्रममा जान हतारिएकाले विस्तृतमा छलफल हुन नसकेको नेताहरुले बताएका छन् ।

  • सम्बन्धित विषय:

  • # प्रचण्ड माधव
  • # शेरबहादुर देउवा

  • बागलुङ पोस्ट

    सम्बन्धित समाचार