काठमाडौँ जाँदै गरेको बस पल्टियो, १९ जना घाइते फोटोहरुसहित

काठमाडौँ जाँदै गरेको बस पल्टियो, १९ जना घाइते फोटोहरुसहित

  • माघ २०, २०७७ मंगलवार
  • १६:२५:४५ बजे
  • 7.4K
    SHARES
  • काठमाडौँ जाँदै गरेको बस पल्टियो, १९ जना घाइते फोटोहरुसहित
    दुर्घटना ग्रस्त बस

    दोलखा : दोलखाबाट काठमाडौं आउँदै गरेको यात्रुबहाक बस सिन्धुलीको ११ किलो क्षेत्रमा दुर्घटनामा परेको छ । अरनिको यातायातको बा २ ख २७८९ नम्बरको बस दुर्घटनामा परेको सिन्धुपाल्चोकका एसपी राजन अधिकारीले बताए ।

    1.jpg

    थुम्पाखरमा भएको बस दुर्घटनामा परी १९ जना घाइते भएका छन् । घाइतेमध्ये दोलखाको बलेफी गाँउपालिका–७ का ३७ वर्षीय सिताराम थापाको अवस्था गम्भीर छ ।

    2.jpg

    ढाडमा चोट लागेको उहाँलाई काठमाडौं पठाउने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरिक्षक प्रकाश सापकोटाले जानकारी दिनुभयो ।  बाँकी १८ जनाको खाडीचौर स्थित सिन्धु सदावहार अस्पतालमा उपचार भइरहेको छ । 

    4.jpg

    दोलखाको सिंगटीबाट काठमाडौ जाँदै गरेको बा २ ख २७८९ नम्बरको यात्रुवाहक बस लामोसाँघु जिरी सडक खण्डअन्तर्गत सुनकोशी गाउँपालिकास्थित ११ किलोमा दुर्घटना भएको हो । तीव्र गतिमा आएको बस सडक छेउमा पल्टिएको थियो । बस दुर्घटना भएपछि चालक भागेका छन् ।

    5.jpg

  • सम्बन्धित विषय:

  • # बस दुर्घटना

  • बागलुङ पोस्ट

    सम्बन्धित समाचार