बस दुर्घटना हुँदा दुईको मृत्यु, ४१ घाइते

बस दुर्घटना हुँदा दुईको मृत्यु, ४१ घाइते

  • भाद्र ९, २०७८ बुधवार
  • १८:३९:५४ बजे
  • 3.2K
    SHARES
  • बस दुर्घटना हुँदा दुईको मृत्यु, ४१ घाइते

    सिन्धुपाल्चोक : ठोकर्पाबाट कालिका हुँदै काठमाडौँ जाँदै गरेको बस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।

    कोशीपारि यातायातको बा३ख ८०३० नम्बरको बस सुनकोशी–३ छापमा दुर्घटना भएको हो ।

    घटनामा ४१ घाइते भएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रहरी नायब उपरीक्षक दक्षकुमार बस्नेतले जानकारी दिए । बस ओरालो बाटोको मोडमा आफैँ अनियन्त्रित भई दुर्घटना भएको प्रहरीले जनाएको छ ।


    बस्नेतका अनुसार १८ जना सिन्धु सदाबहार अस्पताल सिन्धुपाल्चोकमा, एक जना मध्यपुरठिमी अस्पताल भक्तपुरमा र २२ जना धुलिखेल अस्पताल काभ्रेमा उपचार भइरहेको छ ।

    धुलिखेल अस्पताल काभ्रेमा उपचारको क्रममा मृत्यु हुनेमा ललितपुर ठूलो दुर्लुङ घर भएका अन्दाजी ४०÷४५ वर्षको पुरुष राजन बराम र अन्दाजी २०÷२२ वर्षका पुरुष सनाखत हुन बाँकी रहेको बस्नेतले जानकारी दिए । रासस

     

  • सम्बन्धित विषय:

  • # बस दुर्घटना
  • # मृत्यु

  • बागलुङ पोस्ट

    सम्बन्धित समाचार