विवाह गर्दै गायिका अन्जु पन्त, को हुन् उनको हुनेवाला पति ?

विवाह गर्दै गायिका अन्जु पन्त, को हुन् उनको हुनेवाला पति ?

  • माघ २१, २०७७ बुधवार
  • ०८:२०:४९ बजे
  • 4.5K
    SHARES
  • विवाह गर्दै गायिका अन्जु पन्त, को हुन् उनको हुनेवाला पति ?

    काठमाडाैँ : नेपाली गीतसंगीत क्षेत्रकी मेलोडी क्वीन भनेर चिनिने लोकप्रिय गायिका अञ्जु पन्त चाँडै विवाह बन्धनमा बाँधिँदैछिन् ।

    गायक तथा संगीतकार मनोजराजसँग सम्बन्ध टुटाएको लामो समयपछि अञ्जुले विवाह गर्न लागेकी हुन् । स्रोतका अनुसार अञ्जुले थीर कोइरालासँग विवाह गर्न लागेका हुन् ।

    मनोजराजले पनि कृष्णा शिवाकोटीसँग बिहे गरिसकेका छन् । ‘सिंगल’ भएपछि विवाहको प्रश्नले घेरिरहेकी लोकप्रिय गायिका अञ्जुले अब त्यसको सामना गर्नुपर्ने छैन ।

    पत्रकारहरुले ‘विवाहको बारेमा प्रश्न गरेर हैरान बनाएपछि पछिल्लो समय ‘छोरीकै दवावका कारण विवाह गर्ने’ बताउँदै आएकी थिइन् । तर, उनले अहिलेसम्म आफूले विवाह गर्न लागेको कतै खुलाएकी छैनन् ।

    दोस्रो विवाह भएकाले पनि खुलाउन नचाहेको स्रोतको भनाइ छ । अञ्जु निकट स्रोतका अनुसार अञ्जुले विवाह भव्यरुपमै गर्दैछन् । तर, त्यसअघि उनीहरुले हल्ला गर्न चाहेका छैनन् ।

    तर, विवाह कहिले भन्नेचाहिँ कतैबाट खुलेको छैन । गायिका अञ्जुको एक छोरी परितोशिका छिन् । परितोशिकाले हालै आफ्नी आमाको एक गीतको भिडियोमा मोडलिङ गरेकी छन् । 

  • सम्बन्धित विषय:

  • # अन्जु पन्त

  • बागलुङ पोस्ट

    सम्बन्धित समाचार