पक्राउ पर्नबाट जोगिइन् सनी

पक्राउ पर्नबाट जोगिइन् सनी

  • माघ २८, २०७७ बुधवार
  • २२:०२:१२ बजे
  • 6.6K
    SHARES
  • पक्राउ पर्नबाट जोगिइन् सनी
    फाइल तस्बिर

    मुम्बई : अभिनेत्री सनी लियोनीलाई पक्राउ नगर्न केरल उच्च अदालतले क्राइम ब्राञ्चलाई आदेश दिएको छ । सनीमाथि एक इभेन्ट मेनेजमेन्ट कम्पनीले २९ लाख रुपैंयाँको आर्थिक हिनामिनाको आरोप लगाउदै मुद्दा दायर गरेको थियो ।

    उक्त कम्पनीले सन् २०१९ को भ्यालेन्टाइन डेमा नृत्य गर्न सनीलाई पारिश्रमिकवापत २९ लाख दिए पनि सनी कार्यक्रममा नआएको भन्दै उजुरी दिएको थियो । उजुरीविरुद्ध सनीले जमानतका लागि निवेदन दिएपछि अदालतले गिरफ्तार नगर्न आदेश दिएको हो ।

    जमानतको लागि सनीसँग उनका पति डेनियल तथा अर्का एक व्यक्तिले अदालतलमा निवेदन दिएका थिए । सनीलाई कोच्ची क्राइम ब्राञ्चले फेब्रुअरी ३ मा तिरुअनन्तपुरममा सोधपुछका लागि बोलाएको थियो । उनीमाथि आइपीसीको धारा ४०६ र ४२० अनुसार मुद्दा दर्ता गरिएको थियो ।

    सनीले भने आफू दुईपटक कार्यक्रम हुने स्थानमा गए पनि कार्यक्रम हुन नसकेको दाबी गरेकी छन् । अन्ततः यो कार्यक्रम अंगमालीमा रहेको एडलक्स इन्टरनेशनल कन्भेन्सन सेन्टरमा गरिएको थियो । यद्यपि सनीले भने आफूले अझै १२ लाख रुपैंयाँ पाउन बाँकी रहेको जनाएकी छन् ।–एजेन्सी

  • सम्बन्धित विषय:

  • # सनी लियोनी

  • बागलुङ पोस्ट

    सम्बन्धित समाचार