भित्रभित्रै ओली सरकारसँग विप्लवको यस्तो साँठगाँठ !

भित्रभित्रै ओली सरकारसँग विप्लवको यस्तो साँठगाँठ !

  • फाल्गुण १०, २०७७ सोमवार
  • ०८:१४:५० बजे
  • 4.8K
    SHARES
  • भित्रभित्रै ओली सरकारसँग विप्लवको यस्तो साँठगाँठ !

    काठमाडौं : कम्युनिस्ट प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीसँग अनौपचारिक रूपमा भित्रभित्रै वार्ता गर्दै आएको छ ।

    सरकारी पक्षले वार्तालाई परीणाममुखी बनाउन भन्दै पहिले अनौपचारिक वार्ता गर्ने र त्यसपछि ठोस परीणाम नजिक पुगेपछि औपचारिक रूपमा एकैपटक ‘सरप्राइज’ दिने गरी रणनीति बनाउँदै आन्तरिक रूपमा नै वार्ता गरिरहेको स्रोतले जानकारी दिएको छ ।

    यसबीच बालुवाटार र विप्लव समूहबीच अनौपचारिक पत्र आदानप्रदान समेत भइसकेको छ । आईतवार परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली र विप्लव समूहका तर्फबाट सोही समूहका नेता चिरन पुनबीच काठमाडौंमा नै वार्ता भएको छ ।

    वार्तामा अब बस्ने मन्त्रिपरिषद् बैठकले विप्लव समूहमाथि लगाइएको प्रतिबन्ध फुकुवा गर्ने र सरकारको तर्फबाट वार्ता टोली गठनको निर्णय गर्ने सहमति भएको स्रोतले जनाएको छ । स्रोतका अनुसार यसअघि नै पत्रमार्फत् विप्लव समूहले आफ्ना माग सरकारी पक्षलाई दिएको थियो ।

    सरकारी पक्ष जघन्य अपराधमा संलग्नलाई भने छाड्न सहमत छैन । वार्ता जारी राखिँदा सरकारी पक्षले विप्लवका नेता तथा कार्यकर्तालाई पक्राउ गर्ने क्रम भने बन्द गरेको छ । आजको राजधानी दैनिकमा समाचार प्रकाशित छ ।

  • सम्बन्धित विषय:

  • # विप्लव
  • # ओली

  • बागलुङ पोस्ट

    सम्बन्धित समाचार