बागलुङ : नेपाली काँग्रेस बागलुङले जिल्लाको जैमिनी नगपालिकामा कार्यकर्ता भेला सम्पन्न गरेको छ ।
भेलालाई सम्बोधन गदैै काँग्रेस बागलुङका पुर्व उप–सभापति एवं महासमिति सदस्य जगदिशचन्द उपाध्यायले प्रधानमन्त्री केपी वलीको सरकार दैनिक अलोप्रिय बन्दै गएको बताए । उनले सरकारले जनता रिझाउने काम भन्दा पनि दैनिक भ्रष्टचारका गतिवधि बढाउँदै गएको आरोप लगाए ।
उपाध्यायले मंसिर २९ गते देशव्यापी रुपमा हुने विरोध सभामा सवै कार्यकर्तालाई सहभागी हुन आग्रह गरेका थिए ।
“काँग्रेस सरकारको सर्वसत्तावादी प्रबृति, कोभिड–१९ नियन्त्रणको असफलता र भ्रष्टचारको विरोधमा सडकमा उत्रिन लागेको हो ।
उपाध्यायले भने,– सरकारलेको यो अहमता काँग्रेसले तोड्ने छ । बरिष्ठ नेता रामचन्द्र पौडेल प्रतिको दुव्र्यव्यहार र अन्य हिंसात्मक गतिविधिको विरोधमा काँग्रेस सडकमा उत्रिएको हो ।” नेता उपाध्यायले सरकार विरोधी गतिविधिमा सवै कार्यकर्तालाई एकजुट भएर लाग्न आग्रह समेत गरे ।
कार्यक्रममा जैमिनी नगरपालिकाका नगरप्रमुख ईन्द्रराज पौडेल, नेपाली काँग्रेस जिल्ला कार्य समितिका सह–सचिव सिताराम रसाईली, जिल्ला सदस्य ओमकार थापा, महासमिति सदस्य भिम श्रीष, क्षेत्रीय सभापति चिरञ्जीवी गौतम, क्षेत्र नं.१(ख) का क्षेत्रीय सभापति नारायण शर्मा पौडेल, नेपाल विद्यार्थी संघका अध्यक्ष खडक थापा लगायतले बोलेका थिए ।
कार्यक्रममा जैमिनी नगरपालिका भित्रका सवै वडाका वडा सभापति र कार्यकर्ताले आफ्ना आफ्ना धारणा राखेका थिए । कार्यक्रम काँग्रेस जैमिनीका सभापति काशिराम आचार्यको अध्यक्षता, कुश्मिसेराका सभापति हरिप्रसाद आचार्यको स्वागत र क्षेत्रीय सचिव विकास पौडेलको संचालनमा सम्पन्न भएको थियो ।