बागलुङ : नेपाली काँग्रेसले सोमबार देशभर सरकार विरुद्ध प्रदर्शन गरेको छ ।
देशमा ठूल ठूला भ्रष्टाचारको काण्ड हुँदा पनि औपचारिकता पूरा गरेर बसेको काँग्रेस अहिले सरकारले जनअपेक्षा विरुद्ध भएको भन्दै विरोध प्रर्दशन गरेको हो ।
देशका ७७ वटै जिल्ला सदरमुकाममा प्रदर्शन भएका छन् ।

नेपाली काँग्रेस बागलुङको आयोजनामा बागलुङको लोकतान्त्रिक चोकबाट सुरु भएको विरोध -याली बजारको विभीन्न चोकको परिक्रमा गरेर पुनः लोकतान्त्रिक चोकमा फर्किएर सभामा परिणत भएको थियो ।

कार्यक्रममा सम्बोधन गर्दै नेपाली काँग्रेस केन्द्रीय सदस्य पूर्व सहमहामन्त्री अर्जुन नरसिंह केसीले कम्युनिष्ट सर्वसत्तावादको विरुद्ध काँग्रेस सडकमा आएको बताए ।

विरोध सभामा सहभागी हुन बागलुङका गाउँ गाउँबाट काँग्रेस नेता कार्यकर्ता बागलुङ बजार आएका थिए ।
उनीहरुले -यालीमा सरकारले गरेको गलत क्रियाकलापका कारण जनताले दुःख पाएको
कुरालाई लिएर नाराबाजी गरेका थिए ।











