काठमाडाैँ : गायिका अन्जु पन्तले विवाह गरेकी छन् । उनले बुधबार थिर कोइरालासँग पाटनस्थित एक चर्चमा विवाह गरेकी हुन् । विवाहपछि अन्जुले सामाजिक सञ्जाल फेसबुकमा विवाहको भिडियो समेत राखेकी छन् ।
भिडियोमा पन्तले ‘धेरै माया नदेऊ मलाई’ बोलको आफैँले गाएको गीतमा टिकटक समेत बनाएकी छन् ।
अन्जु र थिरले एक वर्षदेखिको प्रेम सम्बन्धलाई विवाहमा परिणत गरेको बताइएको छ । केही समय अगाडि थिरसँग विवाहको चर्चा चलेपनि पन्त भने मौन रहँदै आएकी थिइन् ।
तर थिरले भने विवाहको कुरो मिडियामा स्वीकारेका थिए । अन्जु र थिरले विवाहमा सीमित आफन्तहरु मात्र सहभागी रहेको बुझिएको छ । आफूहरूबीच विवाह भएको थिरले बताए ।
उनले आफूहरुले पाटनको चर्चमा बिहे गरेको बताए । कोरोनाको कारणले सीमित आफन्तका उपस्थितिमा विवाह गरेको थिरको भनाइ छ । गायिका पन्तको यस अगाडि गायक संगीतकार मनोज राजसँग विवाह भएको थियो ।
करिब एक दशक अगाडि उनले मनोज राजसँग डिभोर्स लिएकी थिइन् । मनोजराज र अञ्जुको एक छोरी समेत रहेकी छन् ।