मदिरा किन्न ५० रुपैयाँ नदिँदा फुपूको हत्या !

मदिरा किन्न ५० रुपैयाँ नदिँदा फुपूको हत्या !

  • मंसिर २८, २०७७ आइतवार
  • १९:३२:२१ बजे
  • 3.8K
    SHARES
  • मदिरा किन्न ५० रुपैयाँ नदिँदा फुपूको हत्या !

    बुटवल : मदिरा किन्न ५० रुपैयाँ माग्दा नदिएपछि उत्पन्न विवादमा कपिलवस्तुमा एक महिलाको ज्यान गएको छ । कपिलवस्तुको शिवराज नगरपालिका–५ मा डेरा गरी बस्ने ५९ की सुशिला खड्काको शनिबार राति हत्या भएको हो ।

    सँगै बसेर मदिरा खाएका भदा नाता पर्ने २३ वर्षीय तोरणबहादुर खड्काले सुशिलालाई ईंट्टा र सिलौटोले टाउकोमा प्रहार गर्दा निजको मृत्यु भएको कपिलवस्तु प्रहरी प्रमुख नवराज अधिकारीले जानकारी दिए ।

    प्रदेश प्रहरी कार्यालय केनाइन शाखा बाँकेबाट जम्बो नामको अपराध अनुसन्धान (ट्रयाकर) तालिमप्राप्त कुकुर झिकाइ आइतबार बिहान घटनास्थलमा डग स्नाईफिङ गराउँदा हत्यामा संलग्नलाई पत्ता लगाइएको जिल्ला प्रहरी प्रमुख अधिकारीले बताए ।

    ‘उनीहरुसँगै बसेर मादक पदार्थ सेवन गरेका रहेछन्, थप रक्सी ल्याउन ५० रुपैयाँ माग्दा नदिएपछि वादविवाद भई तोरणबहादुरले ईंट्टा र सिलौटोले टाउकोमा प्रहार गर्दा सुशिलाको ज्यान गएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ,’ एसपी अधिकारीले भने, ‘घटना भएको ९ घण्टाभित्रै अनुसन्धान गरी अभियुक्तलाई नियन्त्रणमा लिन सफल भयौं ।’

  • सम्बन्धित विषय:

  • # मदिरा
  • # ५० रुपैयाँ
  • # हत्या !

  • बागलुङ पोस्ट

    सम्बन्धित समाचार